नेभिगेशन
मल्टिमिडिया

चर्चित टिकटकर सामारिका ढकाल भारतीय प्रेमी अभय रघुवंशीसँग विवाह वन्धनमा बाँधिने

चर्चित टिकटकर सामारिका ढकाल विवाह वन्धनमा बाँधिने भएकी छन् । उनले भारतीय प्रेमी अभय रघुवंशीसँग लगानगाँठो कस्न लागेकी हुन् ।

 

यी दुईले हिजो ईंगेजन्मेन्ट गरे । झापास्थित सामारिकाकै घरमा यी दुईको इन्गेजमेन्ट कार्यक्रम भएको थियो । बुझिए अनुसार ईंगेजमेन्टमा सामारिकाका परिवारजन र सिमित आफन्तहरु उपस्थिति थिए । समारोहमा निकटका साथीहरुलाई पनि बोलाइएको थिएन । कलाकारिता क्षेत्रका व्यक्ति वा टिकटकर कोही पनि ईंगेजमेन्ट समारोहमा देखिएनन् ।

ईंगेजमेन्टका भिडिओहरु भने टिकटकमा भाइरल भइरहेका छन् । सामारिकाकी जुम्ल्याहा दिदी स्मारिका ढकालले टिकटकमा भिडिओ हाल्दै बहिनीलाई बधाइ दिएकी छन् । भिडिओहरु हेर्दा ईंगेजमेन्ट कार्यक्रम भारतीय (बलिउड) रिवाजमा गरिएको छनक मिल्छ । सामारिकाको ड्रेसअप र गरगहनाहरु भारतीय शैलीका थिए ।

 
 

अभय भारतको गुजरात निवासी हुन् । इन्गेजमेन्टको लागी गुजरातबाट अभय आमा, बुवा, दिदी, भिनाजुसहित ४० जनाको टोली बुधबार झापा आइपुगेको थियो । पारिवारिक स्रोतका अनुसार ५ दिन लगाएर गुजरातबाट आएको टोली बिहीबार इन्गेजमेन्ट सकेर फर्किसकेको छ ।

 

सामारिका केही समयदेखि दुबईमा बस्दै आएकी छिन् । दुबइमा नै उनको अभयसित भेट भएको र प्रेममा परेको सुनिएको छ । उनीहरुको सम्वन्धबारे निकै थोरैलाई मात्र थाहा थियो। ईंगेजेमन्ट भए पनि विवाह कहिले हुने भन्नेबारे केही बताइएको छैन ।

सामारिका र स्मारिकाका केही निकटस्थ व्यक्तिहरुसँग बुझ्न खोज्दा उनीहरुले पूर्णरुपमा अनभिज्ञता दर्शाए । ईंगेजमेन्टको खबर पनि टिकटकबाट थाहा पाएको उनीहरुको भनाइ छ । ५ दिन लगाएर आएको दुलाहाको टोली ईंगजमेन्टपछि फर्किसकेको हुँदा विवाह तत्कालै नहुने लख काट्न सकिन्छ ।

टिकटकबाट भाइरल भएका ट्विन्स जोडी हुन, स्मारिका र सामारिका ढकाल । स्मारिका दिदी हुन् भने सामारिका बहिनी । दुवै जना नृत्यमा माहिर छन् । टिकटकमा धेरैले मन पराएपछि उनीहरु म्युजिक भिडिओमा डिमान्डेड बनेका थिए । थुप्रै भिडिओमा उनीहरुले सँगै खेलेका छन् । तर, बहिनी सामारिका विदेशिएपछि उनीहरुको संयुक्त यात्रा टुटेको थियो । यता दिदी स्मारिका भने श्रीमानसँग डिभोर्सपश्चात सिंगल छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्