नेभिगेशन
मल्टिमिडिया

चर्चित टिकटकर सामारिका ढकाल भारतीय प्रेमी अभय रघुवंशीसँग विवाह वन्धनमा बाँधिने

चर्चित टिकटकर सामारिका ढकाल विवाह वन्धनमा बाँधिने भएकी छन् । उनले भारतीय प्रेमी अभय रघुवंशीसँग लगानगाँठो कस्न लागेकी हुन् ।

 

यी दुईले हिजो ईंगेजन्मेन्ट गरे । झापास्थित सामारिकाकै घरमा यी दुईको इन्गेजमेन्ट कार्यक्रम भएको थियो । बुझिए अनुसार ईंगेजमेन्टमा सामारिकाका परिवारजन र सिमित आफन्तहरु उपस्थिति थिए । समारोहमा निकटका साथीहरुलाई पनि बोलाइएको थिएन । कलाकारिता क्षेत्रका व्यक्ति वा टिकटकर कोही पनि ईंगेजमेन्ट समारोहमा देखिएनन् ।

ईंगेजमेन्टका भिडिओहरु भने टिकटकमा भाइरल भइरहेका छन् । सामारिकाकी जुम्ल्याहा दिदी स्मारिका ढकालले टिकटकमा भिडिओ हाल्दै बहिनीलाई बधाइ दिएकी छन् । भिडिओहरु हेर्दा ईंगेजमेन्ट कार्यक्रम भारतीय (बलिउड) रिवाजमा गरिएको छनक मिल्छ । सामारिकाको ड्रेसअप र गरगहनाहरु भारतीय शैलीका थिए ।

 
 

अभय भारतको गुजरात निवासी हुन् । इन्गेजमेन्टको लागी गुजरातबाट अभय आमा, बुवा, दिदी, भिनाजुसहित ४० जनाको टोली बुधबार झापा आइपुगेको थियो । पारिवारिक स्रोतका अनुसार ५ दिन लगाएर गुजरातबाट आएको टोली बिहीबार इन्गेजमेन्ट सकेर फर्किसकेको छ ।

 

सामारिका केही समयदेखि दुबईमा बस्दै आएकी छिन् । दुबइमा नै उनको अभयसित भेट भएको र प्रेममा परेको सुनिएको छ । उनीहरुको सम्वन्धबारे निकै थोरैलाई मात्र थाहा थियो। ईंगेजेमन्ट भए पनि विवाह कहिले हुने भन्नेबारे केही बताइएको छैन ।

सामारिका र स्मारिकाका केही निकटस्थ व्यक्तिहरुसँग बुझ्न खोज्दा उनीहरुले पूर्णरुपमा अनभिज्ञता दर्शाए । ईंगेजमेन्टको खबर पनि टिकटकबाट थाहा पाएको उनीहरुको भनाइ छ । ५ दिन लगाएर आएको दुलाहाको टोली ईंगजमेन्टपछि फर्किसकेको हुँदा विवाह तत्कालै नहुने लख काट्न सकिन्छ ।

टिकटकबाट भाइरल भएका ट्विन्स जोडी हुन, स्मारिका र सामारिका ढकाल । स्मारिका दिदी हुन् भने सामारिका बहिनी । दुवै जना नृत्यमा माहिर छन् । टिकटकमा धेरैले मन पराएपछि उनीहरु म्युजिक भिडिओमा डिमान्डेड बनेका थिए । थुप्रै भिडिओमा उनीहरुले सँगै खेलेका छन् । तर, बहिनी सामारिका विदेशिएपछि उनीहरुको संयुक्त यात्रा टुटेको थियो । यता दिदी स्मारिका भने श्रीमानसँग डिभोर्सपश्चात सिंगल छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मल्टिमिडिया

आज साउन १ गते प्रमुख समाचार

शुक्रबार, साउन १, २०८३

आज असार ३१ गते प्रमुख समाचार

बुधबार, असार ३१, २०८३

आज असार ३० गते प्रमुख समाचार

मंगलबार, असार ३०, २०८३

आज असार २९ गते प्रमुख समाचार

सोमबार, असार २९, २०८३

आज असार २५ गते प्रमुख समाचार

बिहीबार, असार २५, २०८३

आज असार २४ गते प्रमुख समाचार

बुधबार, असार २४, २०८३

आज असार २३ गते प्रमुख समाचार

मंगलबार, असार २३, २०८३

आज असार २२ गते प्रमुख समाचार

सोमबार, असार २२, २०८३