राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल धरान उपमहानगर कमिटी गठन
सुनिता श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन

धरान, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको कोशी प्रदेश संयोजनमा धरान उपमहानगरपालिकाको सौन्दर्यकर्मी युनियन कमिटी गठन गरिएको छ। एक भव्य र सभ्य कार्यक्रमका बीच सम्पन्न उक्त गठन सभामा सुनिता श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रिता खापुङ, सचिवमा सपना बुढाथोकी, सहसचिवमा मन्जु खड्की, कोषाध्यक्षमा रबिना श्रेष्ठ तामाङ चयन हुनु भएको छ। त्यस्तै, सदस्यहरूमा भूमिका बिक र सपना श्रेष्ठ चयन हुनु भएको छ। यसैगरी, नरमाया तामाङलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ।
कार्यक्रममा कोशी प्रदेश संयोजकसहित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सौन्दर्यकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले सौन्दर्य व्यवसाय क्षेत्रको व्यावसायिकता, हकहित र सामाजिक सुरक्षाका लागि संगठनको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए।
नयाँ समितिलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा धरान क्षेत्रका सौन्दर्यकर्मीहरूको सशक्तिकरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
