नेभिगेशन
सौन्दर्य

धरानमा सम्पन्न ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल’ ट्यालेन्ट शो,

ग्राण्ड फिनाले भदौ १६ मा

साउन २७ — होप धरानको आयोजना तथा स्थानीय प्रतिभा उजागर गर्ने उद्देश्यका साथ ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल २०८२’ अन्तर्गतको ट्यालेन्ट शो मंगलबार धरान–७ स्थित सिधि नेवा परिसरको सभाहलमा सम्पन्न भएको छ।


कार्यक्रममा ३० जना बालबालिका प्रतिश्पर्धीहरूले आफ्ना कला र सीप दर्शक तथा निर्णायकको सामु प्रस्तुत गरे। कसैले सुमधुर गायन प्रस्तुत गरे, कसैले जोशिलो नृत्य, त कसैले प्रभावशाली वत्तृत्वकला देखाए — जसले सभाहलमा उत्साह र तालीको माहोल सिर्जना गर्‍यो।
निर्णायक मण्डलमा मिस सुनसरी एसईई २०२३ की मिस ट्यालेन्ट विजेता रिया विश्वकर्मा, याक्थुङ चलचित्र कर्मी संघका केन्द्रीय अध्यक्ष नबिन मेन्याङ्बो, राष्ट्रिय कलाकार अम्बिका दवाडी, राष्ट्रिय गायक सुरज भुजेल र नृत्य कोरियोग्राफर सानुराजा थेगिम रहेका थिए। कार्यक्रमको सञ्चालन राहिल गिरीले गरेका थिए।


प्रतिस्पर्धीहरूको प्रस्तुतिको मूल्याङ्कन गरिएको नतिजा खामबन्दी गरेर आयोजकलाई बुझाइएको छ। आयोजकका अनुसार यो खाम भदौ १६ गते हुने ग्राण्ड फिनालेमा निर्णायकहरूको उपस्थितिमा मात्र खोलिने छ।
प्रतिभा विकास र आत्मविश्वास अभिवृद्धिका लागि आयोजना गरिएको प्रतियोगितामा सहभागीहरूलाई कोरियोग्राफर उमेश खड्काले धरान–७, बुद्ध मार्गस्थित होप धरानको कार्यक्रम हलमा निरन्तर स्टेज प्रस्तुति प्रशिक्षण गराइरहेका छन्।
ग्राण्ड फिनालेमा यसपटकको विजेता घोषणा मात्र होइन, दर्शकका लागि पनि सांगीतिक र सांस्कृतिक प्रस्तुति सहितको विशेष कार्यक्रम हुने आयोजकको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्