नेभिगेशन
स्वास्थ्य/जिवनशैली

करेला जसलाई गर्मीको सुपरफुड, झुक्किएर पनि यी चीजसँग करेला खानु हुँदैन

करेला जसलाई गर्मीको सुपरफुड पनि भनिन्छ । स्वादमा तितो भए पनि पोषणको भण्डार हो । यसमा भिटामिन सी, जिंक, पोटासियम, आइरन, म्यांगनीजजस्ता धेरै पोषक तत्व पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । करेला मधुमेहका बिरामीका लागि औषधिभन्दा कम होइन ।

 यसको सेवनका अन्य फाइदाहरु छन्, जस्तै यसले तौल घटाउन मद्दत गर्छ । यसमा पाइने भिटामिन सी छालाका लागि पनि फाइदाजनक हुन्छ । करेलाको जुस पिउनाले छाला चम्किलो र जवान देखिन्छ। यस लेखमा हामी अब के– केको साथमा करेला खानु हुँदैन भन्ने कुरा जानकारी दिनेछौं ।

करेला खाँदा पनि शरीरलाई डिटोक्सिफिकेसन हुन्छ । तपाईं यसलाई धेरै तरिकामा आफ्नो आहारको हिस्सा बनाउन सक्नुहुन्छ। करेलालाई आहारमा समावेश गर्नुका धेरै फाइदाहरू छन् तर करेलालाई राम्ररी खाएमा यसका धेरै फाइदाहरू छन् र यदि भूलवश खाइयो भने यसले शरीरलाई हानि पनि गर्न सक्छ। यी चार जीजसँग कहिल्यै पनि करेला खानुहुन्न ।

दुधसँग करेला
दूधमा क्याल्सियम र धेरै भिटामिन पाइने भएता पनि करेलासँग खानु हानिकारक हुन सक्छ। करेला खाएपछि दूध पिउनाले कब्जियत र अपच जस्ता पेट सम्बन्धी समस्या हुन सक्छ। यसले पाचन प्रणालीमा नराम्रो असर गर्छ ।

आँपसँग करेला
आँप फलफूलको राजा हो र मानिसहरू आँप खानको लागि गर्मीको पर्खाइमा बस्छन् तर करेलासँग आँप खाएमा एसिडिटी र जलन हुने सम्भावना हुन्छ । आँपसँग करेला खाँदा पाचन प्रणालीको स्वास्थ्य बिग्रन्छ ।

दहीसँग करेला
दही स्वास्थ्यको लागि फाइदाजनक छ र गर्मीको मौसममा दही खान धेरै मनपर्छ तर के तपाईलाई थाहा छ कि करेलासँग खाँदा तपाईको स्वास्थ्यलाई हानी हुन्छ । दहीसँग करेला खाँदा छालामा दाग र चिलाउनेजस्ता समस्या हुन सक्छ। यो खाना संयोजन सबैभन्दा खराब मानिन्छ।

मूलासँग करेला
मूली र करेला खानु हानिकारक हुन्छ । दुवैको प्रकृति फरक भएकाले एसिडिटी र घाँटीमा कफ जस्ता पेटसम्बन्धी समस्या पनि आउन सक्छ। रुघाखोकी लागेको छ भने करेला पछि मूला खानु हुँदैन । केही खानेकुराको बारेमा बताइरहेका छौँ, जसलाई सँगै खाँदा तपाईको स्वास्थ्यका साथै छालालाई पनि हानि पु¥याउन सक्छ ।

 

करेला खानुको फाइदा

 

 

 

१. कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ ।

२. करेलाले रगत सफा गर्छ । साथै हेमोग्लोबिन बढाउँछ ।

३. करेलले पाचनशक्ति दुरुस्त राख्छ, भोक जगाउँछ ।

४. दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो ।

५. करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ ।

६. करेला चिसो हुन्छ । त्यसैले गर्मीबाट पैदा हुने रोगीका लागि यसले राम्रो काम गर्छ ।

७. कफको रोगीले करेला सेवन गर्नुपर्छ ।

८. मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ । यसले सुगर लेभल नियन्त्रण गर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्