नेभिगेशन
स्वास्थ्य/जीवनशैली

सुधार नेपालद्वारा एकैदिन ३५० पिन्ट रगत संकलन

धरान । सामाजिक संस्था सुधार नेपालले शुक्रबार धरानको भानुचोकमा आयोजित रक्तदान कार्यक्रममा ३५० पिन्ट रगत संकलन गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाका प्रमुख किरणकुमार कार्कीका अनुसार चालु आर्थिक वर्षमा कोशी प्रदेशमै यो सबैभन्दा धेरै रगत संकलन हो । अस्पताल तथा स्वास्थ्य संस्थामा उपचाररत बिरामीका लागि रगतको आवश्यकता भइरहेका बेला कार्यक्रमले सहयोग पुगेको उनले बताए ।

संस्थाका अध्यक्ष निनाचन्द्र राईले समाज र मानवताको सेवामा योगदान पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य/जीवनशैली