नेभिगेशन
स्वास्थ्य/जिवनशैली

धरानमा माघ १६ देखि ‘सिन्याप्स–२०२६’ आयोजना हुने,

धरान : धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी माघ १६ देखि २३ (जनवरी सम्म अखिल नेपाल मेडिकल कलेज भेटघाट कार्यक्रम ‘सिन्याप्स–२०२६’ आयोजना हुने भएको छ। विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम सात दिनसम्म चल्ने आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजक समितिका अध्यक्ष प्रज्वल विक्रम खाणले बताए ! 

उक्त महोत्सवमा खेलकुद, सांस्कृतिक, साहित्यिक तथा विविध सिर्जनात्मक र बौद्धिक गतिविधि आयोजना गरिनेछ साथै, मेडिकल तथा स्वास्थ्य विज्ञान विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नु, स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन  गर्ने उदेश्य रहेको उनले बताए !

महोत्सवको पहिलो दिन वाकाथन गरिनुका साथै विभिन्न खेलकुद प्रतियोगिताका लिग चरण पनि सुरु हुने आयोजकले जनाएको छ !  प्रत्येक दिन साँझ थिम आधारित सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिनेछ।

सिन्याप्स–२०२६ मा फुटबल, क्रिकेट, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, लन टेनिस, एथलेटिक्स, चेस, क्यारम, ई–स्पोर्ट्स, जिम स्पोर्ट्स र पौडी प्रतियोगिता सञ्चालन गरिनेछ। त्यस्तै क्विज, चित्रकला, कविता वाचन, खुला मञ्च कविता,स्ट्यान्डअप,मोनोलग, कथा लेखन, हिज्जे प्रतियोगिता, फोटोग्राफी प्रतियोगिता पनि समावेश गरिनेछन्।

कार्यक्रम अवधिभर सामूहिक रक्तदान कार्यक्रम, दैनिक सांस्कृतिक प्रस्तुति, डान्स पार्टी र अन्तिम दिन सांगीतिक कन्सर्ट आयोजना गरिने आयोजकले जनाएको छ।

आयोजक समितिका अनुसार यश कार्यक्रमले मेडिकल विद्यार्थीहरूबीच समन्वय र सहकार्य बढाउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य/जिवनशैली