नेभिगेशन
राजनिती

अहिले ओलीको विकल्प खोज्ने बेला होइन

एमाले महासचिव शंकर पोखरेल

धनकुटा हिले । केपी ओलीको विकल्प खोज्ने बेला अहिले नभएको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताउनु भएको छ । अहिले पार्टीलाई बनाउने बेला भएको बताउनुहुँदै जतिवेला जे कुरा गरेर पार्टीलाई बनाउन सकिन्छ हामीले त्यही कुरा गर्ने हो । म राम्रोसंग पार्टी चलाउन सक्छु भन्नेहरुको आधार विना नेतृत्वको विकल्प खोज्न नसकिने बताउनुभयो ।


नेकपा (एमाले) कोशी प्रदेश कमिटीको मंगलबार धनकुटाको हिलेमा भएको सातौँ बैठकलाई सम्बोधन गर्नुहुँदै संविधानसभाको निर्वाचनपछि नेपाली जनतामा आशा जगाउने र समृद्धिको यात्रामा केपी ओली नेतृत्वकै सरकारले गरेकाले एमाले र ओलीमाथि प्रहार भएको वहाँले बताउनु भयो ।
नेपालको अस्थिर राजनीतिलाई स्थिर बनाउन एमाले र ओलीले खेलेको भूमिकालाई रोक्न चौतर्फि प्रहार भएको बताउँनुहुँदै नेपालको आर्थिक वृद्धि तीन वर्ष लगातार ४ प्रतिशतले बढाउन सफल भएकाले खासगरी सरकारबाट बाहिरिएका माओवादी र जनताबाट अस्विकृत दलहरु ओलीका विरुद्ध लागेको वहाँको भनाइ थियो ।


पूर्व राष्ट्रपति विद्या भण्डारीले म राजनीमा आँए भन्नु भएकोछ पार्टीले मिल्दैन भनिसकेकोछं । यस्ता बहसको विषयले पूर्व राष्टपतिको गरिमा र मर्यादामा असर गर्छ यो विषय वहाँका लागि होइन भन्ने बुझ्नु पर्दछ पोखरेलले भन्नुभयो । 
कार्यक्रमका प्रमुख अतिथि पोखरेलले भन्नुभयो वहाँ (विद्या) भूपू भएपनि अहिलेसम्म नेपाली सेनाले सुरक्षा दिइरहेको छ । हाम्रो अभ्यासले के बताउछ हाम्रो संविधानले के भन्छ भन्ने कुरा वहाँ जतिको व्यक्तित्वले बुझ्नुपर्छ ।


वहाँको पार्टी सदस्यता नविकरणको विषय बाहिर ल्याउने विषय थिएन । असार १४ गते वहाँ आफैले बाहिर ल्याउनुभयो । विधान महाधिवेशनलाई विवादित बनाउन खोजियो । तर विधान महाधिवेशनलाई नीति निर्माण, विधि निर्माणमा केन्द्रीत गर्न चाहान्छौं नेतृत्व निर्माण गर्ने विषय त राष्ट्रिय महाधिवेशनको विषय थियो ।
विधान, उमेर हद र कार्यकालको विषयलाई अन्यथा लाग्ने गरी चर्चा गरिएपछि पार्टी नेतृत्वले स्पष्ट पार्नु नै पथ्र्यो र पार्टीको सचिवालय, पदाधिकारी र केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ जुन बाह्रौँ अन्तरपार्टी निर्देशनमा आइसकको छ । यो फैसला आग्रहपूर्वाग्रह होइन । यो लोकतन्त्रको पद्धती स्थापित गर्ने विषय रहेको वहाँले बताउनुभयो ।

हाम्रो पार्टीमा नीतिका प्रश्नमा विधानको प्रश्नमा कुनै बहसको विषय छैन अन्य विषयहरुमा बहस हुनसक्छ । वहाँले भन्नु भयो जनताको बहुदलिय जनवादको मर्म भनेको पहलकदमी, प्रतिष्पर्धा, श्रेष्ठता र नेतृत्व हो त्यसका लागि योग्यता  क्षमता देखाएर मैदानमा आउने हो उमेर र कार्यकाल वा अवधि देखाएर होइन वहाँले बताउनुभयो ।
पार्टीको दशौँ महाधिवेशन अघिको विधान महाधिवेशनमा उमेर र कार्यकारलका विषय समावेश गरेका थियौं । तर विधान महाधिवेशनले केन्द्रीय कमिटी २ सय २५ जनाको भनेपनि महाधिवेशनले ३ सय १ बनायौं । पदाधिकारी संख्या १५ हुने भन्ने थियो तर हामीले १९ जनाको बनायौं । केन्द्रीय निकाय १५ जना भनेका थियौँ अहिले २५ जनाको बनायौ, सल्लाहकार परिषदमा एक तिहाइ भनिएकामा केन्द्रीय कमिटी बराबर बनायौं वहाँले भन्नुभयो ।
त्यस्तै वहाँका अनुसार महाधिवेशनमा पनि विधान संशोधनको प्रस्ताव पहिलो थियो । महाधिवेशनमा अध्यक्ष ओलीलाई अध्यक्ष बनाउछौं भन्ने मानसिकता बोकेर गएका थियौं र त्यसले कानुनी जटिलता ल्याउँनसक्छ भनेर हामीले संशोधन गरेका हौं । अहिले उठेका विषयहरु महाधिवेशनबाट हटाएको विषय भएकाले यसलाई उछाल्नु राम्रो होइन ।
७० वर्ष उमेरको हदको विषय अध्यक्ष ओली जोडेर प्रचार गर्नु गलत भएको वहाँले बताउनुभयो । यस विषयमा एकिकृत समाजवादीबाट मुकुन्द न्यौपानेलाई पार्टीमा प्रवेश गराइसकेपछि विषय टुंगिएको हो । न्यौपाने ७२ वर्ष कटिसक्नु भएको थियो । त्यस अर्थमा विधानको बाधा अड्काउ फुकाउ धारालाई उपयोग गरि केन्द्रीय सदस्य र स्थायी कमिटीमा लगिएको हो । अब कसरी ७० वर्ष उमेर हदको विषय रहन सक्छ ।
कार्यकर्ताहरुमा जानकारी नहुनु र कुरा उठ्नु ठिकै हो तर, पार्टीका पदाधिकारीहरु आफैले गरेका निर्णय विरुद्ध कुरा उठाउनु ठिक होइन । उचित हुदैन थियो ।
वहाँले विद्या भण्डारी तर्फ लक्षित गर्दै प्रश्न गर्नुभयो अहिले हाम्रो पार्टीको विरुद्धमा चौतर्फि आक्रमण गर्ने र घेराबन्दी गर्नेहरु को हो ? पहिलो पार्टी नेतृत्वको एउटा हिस्साका नेतृत्वको हमलाका कारण पार्टी फुटको अवस्थामा पुगेको थियो । नेकपा कालमा पार्टी भित्रैबाट पार्टी विरुद्ध हमला थियो । यो हमला स्वार्थमा आधारित थियो । अहिले त्यस्तै अवस्था सृजना गर्न खोजिदैछ ।


राष्टपतिमा नियुक्त हुनु पहिले कुनै प्रकारका राजनीतिक गतिविधिमा सामेल हुनुहुँदै भन्ने संवैधानिक व्यवस्था हो । सभामुख पार्टी गतिविधिमा आउन अवरोध गर्दैन । सभामुख सांसद रहन्छ । तर, राष्टपतिमा निर्वाचित भएको व्यक्ति सांसद पदबाट पनि मुक्त हुन्छ । सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्छ भन्ने व्यवस्थाले नै पनि सबै कुराको छिनोफानो गरेको छ । बहस कानुनसम्मत, विधि सम्मत हुनसपर्छ नेता कार्यकर्ताहरुले रुमलिनु जरुरी छैन महासचिव पोखरेलले बताउनु भयो
बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम प्रदेशभरीबाट केन्द्रीय सदस्यहरु, जिल्ला इन्चार्जहरु, जिल्लाका अध्यक्षहरु सहभागी रहनुभएको छ । बैठक बुधबारसम्म चल्ने एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले बताउनुभयो । बैठकले आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने सुझावहरु संकलन गर्ने छ । एमालेभीत्र उत्पन्न बहसका सन्दर्भमा समेत सबैलाई आफ्ना धारणा राख्नदिने गरी बैठक दुईदिन गरिएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती