नेभिगेशन
राजनीति

कात्तिक २५ गतेलाई कोशी प्रदेश भाषा दिवसका रुपमा मनाइने, कोशी सरकारका महत्त्वपूर्ण निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषा ऐन, २०८३ आगामी कात्तिक २५ गतेदेखि लागू गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले कात्तिक २५ गतेलाई कोशी प्रदेश भाषा दिवसका रूपमा घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीका अवसर पारेर भाषा ऐन लागू गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश सरकार कार्यविभाजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, पर्यटकीय पूर्वाधार सञ्चालन, व्यवस्थापन तथा हस्तान्तरणसम्बन्धी कार्यविधि, २०८३ लाई मन्त्रिपरिषद्को आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा छलफल गरी पुनः मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय भएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति