नेभिगेशन
राजनिती

काठमाडौँमा जेन्जी समूहको आन्दोलन उग्र, एकको मृत्यु, धेरै घाइते

काठमाडौँ, २३ भदौ ।
जेन्जी समूहले आज आयोजना गरेको देशव्यापी आन्दोलन काठमाडौँमा हिंसात्मक रूपमा उग्रिएको छ। आन्दोलनकारीहरूले निषेधित क्षेत्र तोड्दै सभा भवनसम्म प्रवेश गर्न खोजेपछि प्रहरीसँग दोहोरो झडप भएको हो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोर्स र अश्रुग्यास प्रयोग गरेको थियो। तर, आन्दोलन अझै नियन्त्रणमा नआएपछि अन्तिममा गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।
सोही भिडन्तमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौं घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
आन्दोलनपछि काठमाडौँको मुख्य सडकहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच, घटनाबारे थप छानबिन भइरहेको सम्बन्धित निकायहरूले जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती