नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

प्रधानमन्त्री कार्कीले पाँच मन्त्रीको नाम सिफारिस, चारजनाले गरे सपथ

काठमाडौं, असोज ५ –
प्रधानमन्त्री सुशील कार्कीले नयाँ मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पाँच जनाको नाम राष्ट्रपति कार्यालय शितल निवासमा सिफारिस गरेका छन्। आईतवार राष्ट्रपति कार्यालयमा सिफारिस पुगेसँगै आजै चार जनाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
सिफारिस हुने पाँच जनामध्ये पूर्व सर्वोच्च न्यायाधीश अनिल कुमार सिन्हा, वरिष्ठ पत्रकार जगदीश खरेल, वैज्ञानिक महावीर पुन र कृषि विज्ञ डा. मदन परियारले सपथ ग्रहण गरेका हुन्। तर, स्वास्थ्य सचिव (अतिरिक्त) डा. संगिता मिश्रको नामबारे थप छलफल जारी रहेकोले सपथ स्थगित भएको छ।
नव नियुक्त मन्त्रीहरूलाई दिइएको जिम्मेवारी यसप्रकार छः
• डा. मदन परियार – कृषि तथा पशुपन्छी विकास मन्त्री
• जगदीश खरेल – सञ्चार तथा सूचना प्रविधि मन्त्री
• महावीर पुन – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
• अनिल कुमार सिन्हा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ति र कानुन मन्त्रालय
डा. संगिता मिश्रलाई भने कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे निर्णय हुन बाँकी रहेको सरकार स्रोतले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति