नेभिगेशन
राजनिती

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई चयन

धरान, २८ मंसिर — अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) प्रदेश १ को अध्यक्षमा गणेश राई सर्वसम्मत चयन भएका छन्।
शुक्रबार धरानमा सम्पन्न प्रदेश भेलाले राईको अध्यक्षतामा ४९ सदस्यीय प्रदेश समिति सर्वसम्मत रूपमा चयन गरेको हो। समितिको उपाध्यक्षमा डिल्ली सुव्वा, रमा कार्की र नसरुल महम्मद चयन भएका छन् भने महासचिवमा नगेन्द्र पारघरी लिम्बू रहेका छन्।
त्यसैगरी, समितिको सचिवमा गणेश खालिङ, कुमार सुनुवार र रञ्जित साम्पाङ चयन भएका छन्। सदस्यहरूमा सुमन राई, दुर्गा गुरुङ, दुर्गा राई लगायत रहेका छन्।
अघिल्लो समितिका केही नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि नयाँ समिति गठन गरिएको जनाइएको छ।
नव–निर्वाचित अध्यक्ष गणेश राईले प्रदेश १ मा पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित संगठन विस्तार र सुदृढीकरणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती