नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

धरान–१६ मा नेकपा निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

धरान । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुनसरी क्षेत्र नम्बर–१ अन्तर्गत धरान उपमहानगरपालिका वडा नम्बर–१६ को निर्वाचन परिचालन समितिको कार्यालय बुधबार उद्घाटन गरिएको छ।
धरान–१६ स्थित बालिका मोड मुनि रहेको कार्यालय पार्टीका उम्मेदवार सूर्यबहादुर (मनोज) भट्टराईले रिबन काटेर औपचारिक रूपमा उद्घाटन गरेका हुन्।
कार्यालय उद्घाटनपछि आयोजित संक्षिप्त कार्यक्रममा मन्तव्य राख्दै उम्मेदवार भट्टराईले घरदैलो अभियानका क्रममा जनताबाट प्राप्त माया, विश्वास र उत्साहले आफूलाई थप आत्मविश्वासी बनाएको बताए। उनले जनताको सकारात्मक प्रतिक्रियाले विजयप्रति विश्वास अझ मजबुत बनेको उल्लेख गरे।
उद्घाटन कार्यक्रममा पार्टीका नेता लक्ष्मी प्रधान, उमिता बराईली, रेवतिरमण राई, फोक्वाहाङ सुब्बा (चोत्लुङ), उद्धव बहादुर लिम्बु लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा नेता तथा कार्यकर्ताहरूले उम्मेदवार भट्टराईलाई अबिर र खादा लगाउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यालय उद्घाटनसँगै धरान–१६ का विभिन्न टोल तथा बस्तीहरूमा निर्वाचन प्रचार–प्रसारलाई तीव्र बनाइएको छ। निर्वाचन परिचालन समिति जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र उम्मेदवारका एजेन्डाहरू प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्रिय रूपमा जुटिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति