नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

एमालेले बनायो गोप्य प्रचार रणनीति

धरान । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना सूर्यध्वजावाहक उमेदवार टिकाराम लिम्बूलाई विजयी गराउन नेकपा (एमाले) ले प्रचार रणनीति बनाएको छ । रणनीतिक योजनाहरु भने सार्वजनिक गरिएको छैन ।
सोमबार साँझ प्रचार कमिटीको पहिलो बैठक मार्फत कमिटीलाई विस्तार गर्दै प्रचार रणनीति तयार गरिएको हो । बैठकमा निर्वाचन परिचालन कमिटीका हाइकमाण्ड सदस्य तथा प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राईले फागुन २१ गतेसम्मको कामको सूचि (क्यालेण्डर) नै तयार पारेर सोही अनुसार प्रचारको कामलाई व्यवस्थित गर्नेगरी कामको रणनीतिक योजना बैठकमा प्रस्तुत गरेका हुन् ।
बैठकपछि मिडियालाई प्रतिकृया दिँदै प्रचार संयोजक राईले रणनीति बनाएको बताउँदै रणनीति के के रहेकाछन् भन्ने अहिले बताउन नमिल्ने क्रमशः परिणाममा देखिदैजाने बताए । राईले भने हामीले बनाएको योजनाले एमालेका उमेद्वार टिकाराम लिम्बूको जितलाई कसैले रोक्न नसक्ने बताए ।
बैठकमा उमेदवार टिकाराम लिम्बू सहभागी रहेका थिए । बैठकमा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक मन्जु भण्डारी, कमिटीका हाइकमाण्ड तथा कोशी प्रदेशसभा सदस्यहरु विजयकुमार राई र रमेश बस्नेत लगायतका सहभागी रहेका थिए ।
प्रचार कमिटीमा को को रहेकाछन् र सचिवालय समेत गोप्य राखिएको राईले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति