नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईमाथि धरान–१६ मा प्रचार सामग्री टाँसेको विषयमा विवाद

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर–१ का उम्मेदवार हर्कराज राई धरान उपमहानगरपालिका वडा नम्बर १६ मा घरदैलो कार्यक्रमका क्रममा प्रचार सामग्री टाँसेको विषयलाई लिएर विवादमा परेका छन्।
घरदैलो कार्यक्रमको क्रममा ‘फोहोरमैला नगर्नुहोस्’ भनेर टाँसिएको सार्वजनिक ब्यानरमाथि पार्टीको चुनाव चिन्ह माटोको पोप्लेट अंकित स्टिकर टाँसिएपछि स्थानीय युवाहरूले आपत्ति जनाएका हुन्। आफूलाई धरान सफा बनाउने अभियानमा सक्रिय अभियान्ता बताउने एक युवाले अनुमति नलिई प्रचार सामग्री टाँस्नु गलत भएको भन्दै यसलाई फोहोरमैला गरेको संज्ञा दिएका छन्।
उनले प्रचार सामग्री टाँस्नुअघि टिकट वा अनुमति नलिइएको आरोप लगाउँदै हर्कराज राईसँग भेट गरी विरोध जनाएका थिए। साथै चुनावी प्रचारमा खर्च हुने रकम अशक्त व्यक्ति वा आश्रम सहयोगमा प्रयोग गर्न सुझाव दिँदै निषेधित क्षेत्र तथा निजी घरको बाहिर–भित्र अनुमति बिना प्रचार सामग्री टाँसिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीय युवाले यस्तो कार्यले स्वच्छ धरान अभियानलाई असर पुग्ने भन्दै जरिवाना (फाइन) समेत माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति