नेभिगेशन
राजनिती

मतदाताको प्रतिकृया एमालेले जनभावना अनुसार उमेद्वार बनाएको रहेछ ।

धरान । एमालेको सूर्य ध्वजावाहक उमेद्वार टीकाराम लिम्बूलाई आफ्नै घरमा पहिलो पटक देखिपछि धरान १५ श्यामचोककी इन्द्रकला लावतीले सूर्यमा भोट हाल्ने प्रतिवद्धता जनाउनुभयो । लावतीले भन्नुभयो उमेद्वार भनेपछि बुढो हुन्छ भन्ने थियो तर एमालेले समयको माग र जनभावना अनुसार युवा उमेद्वार बनाएको रहेछ हाम्रो भोट सूर्यलाई ।
बिहिबार नेकपा (एमाले) ले धरान १५ नम्बर वडामा आयोजना गरेको घरदैलो कार्यक्रमको शुभारम्भ श्याम चोक स्थित नेकपा (एमाले) का पूर्व अध्यक्ष तथा पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गरेर भएको थियो ।
श्यामचोककै व्यवसायी रमेश राईले उमेद्वारहरु टीमाराम लिम्बू र समानुपातिक तर्फका उमेद्वार मौसम राईलाई खदाले स्वागत गर्दै जितको शुभकामना व्यक्त गरे । एमाले धरान १५ नम्बर वडा निर्वाचन परिचालन समितिका संयोजक मोतीराज सुनुवारले आज दिनभरी जनताको घरदैलोमा आशिर्वाद ग्रहणमा उमेदवारहरुलाई वडामै केन्द्रीत गरिने बताउनुभयो ।
उमेद्वारहरुलाई जनताको घरदैलोमा लाने अभियान माघ २५ गतेदेखि २८ गतेसम्म बराहक्षेत्रमा सम्पन्न गरिएको प्रचार समितिका संयोजक भीमज्वाला राईले जानकारी दिनुभयो ।
२९ गतेदेखि धरानका विभिन्न वडाहरुमा र रामधुनीका दुइवटा वडाहरुमा जनतासंग भेटघाट गरिने राईले बताउनुभयो । सबै वडाहरुमा फागुन १८ गतेसम्म निरन्तर भेटघाट र जनतासंग अन्तरसम्वाद गरिने प्रचार संयोजक राईले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती