नेभिगेशन
राजनिती

पाँचकन्याबाट टीका ग्रहण गर्दै घरदैलोको शुभारम्भ

सूर्यमा मतादान गर्न धरान ४ वडा अध्यक्षको आह्वान

धरान । पाँचकन्याको हातबाट टीका ग्रहरण गर्दै एमाले उमेदवारहरु टीकाराम लिम्बू र मौसम राईले धरान ४ नम्बर वडामा घरदैलो कार्यक्रम शुभारम्भ गरेकाछन् । उमेदवारहरुलाई धरान ४ का वडा अध्यक्ष धनबहादुर राईले शुभकामना दिँदै सूर्यमा मतदान गर्न समेत वडावासीलाई आह्वान समेत गरेकाछन् ।  
शनिबार धरान ४ खैरेनीटार काठेपुलबाट घरदैलोको शुभारम्भ गरेको हो । वडा अध्यक्ष धनबहादुर राईले यो संघिय निर्वाचन हो । यो वडा एमालेको आधार भएकाले सूर्य चिन्हमा मतदान गर्न राईले वडावासीलाई आह्वान गरे ।
उमेदवारहरुलाई पाँचकन्याहरुले कलशले स्वागत गर्दै टीका र रुद्राक्षको माला लगाइदिएर अभियानको शुभारम्भ गरेका थिए । शुभारम्भमा निर्वाचन परिचालन समितिका सहसंयोजक प्रदिप भण्डारी, प्रदेश सांसदहरु विजयकुमार राई, रमेश बस्नेत, निवौचन परचालन प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राई, निर्वाचन परिचालनका हाइकमाण्डका जयकुमार राई, शुशीला पहाडी, मीनकुमार सुब्बा लगायतका सहभागी रहेका थिए ।
आज धरान ४ स्थित खैरेनीटार, बसन्तटार, किरात वस्ती, पत्रुङबारी लगायतका टोहरुका जनतासंग उमेदवारहरुलाई साक्षात्कार गराईने निर्वाचन परिचालन समिति धरान ४ का संयोजक राजन चाम्लिङले बताए ।
कार्यक्रममा नेकपा (एमाले) वडा नम्बर ४ का अध्यक्ष दोर्ण कट्वालले वडा एमालेको जनआधार भएको वडा भएकाले यसपटक पनि सूर्यचिन्हमा सदाझै मतदान हुने कुरा बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती