नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

सुनसरी-१ का मतदातालाई गेसो अध्यक्ष कृष्णकुमार राईको आग्रह- भ्रममा परेर भोट नहाल्नुस्

सुनसरी । भूतपूर्व सैनिकका परिवारलाई भ्रममा नपर्न गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राईले आग्रह गरेका छन् ।

धरानमा पत्रकारसँँग निर्वाचन लक्षित भेटघाट गर्दै नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारसमेत रहेका राईले भूपूर्व सैनिकका परिवारलाई आन्दोलनका पक्षमा मतदान गर्न आग्रह गरे । उनले संसदमा आफ्नो समानुपातिक नेतृत्व रहे भूतपूर्व सैनिकका समान पेन्सनलगायतका आन्दोलनलाई नीतिगत रुपमै उठाउने स्पष्ट पारे ।

भूपू सैनिकका मुद्दा संस्थागत रुपमा उठाउँदै आएको गेसोका नेतृत्व राईले नीति निर्माण तहमै पुगेर आफ्ना मुद्दा उठाउने वैकल्पिक अन्य उम्मेदवार नरहेकाले आफ्नो प्रतिनिधित्व रहेको पार्टी नेकपाको तारा चिह्नमा मतदान गर्न राईले आग्रह गरे ।

उनले भने- 'भूतपूर्व सैनिकका परिवारको मत 'तारा' चिह्नमा आउनुपर्छ । भूपू सैनिकका मुद्दा नीति निर्माण तहमै पुगेर उठाउँछु ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति