नेभिगेशन
राजनिती

टिकाराम लिम्बुलाई धरान–५ मा फुलमालालले स्वागत

धरान–५ देविगाउँकी कुलमाया मगरले नेकपा एमालको युवा उम्मेदवार टिकाराम लिम्बुलाई सोमबार आफ्नै आँगनमा फुलमालाले स्वागत गरिन ।
मतदाताहरुसँग भोट माग्दैंं पुगेका लिम्बूलाई मगरले जितको आर्शिवात पनि दिइन । नेकाप एमालेबाट प्रदेशको सभामुख भएका प्रदिप भण्डारी, हालका प्रदेश सभा सदस्य रमेश बस्नेत, पूर्व प्रतिनिधी सभा सदस्य जयकुमार राईले धरान–५ क्षेत्रका विकासमा ठूलो योगदान दिएको पनि स्मरण गराइन ।
मुना क्लवको भवन, काठेपुलदेखि माथिको पिच सडक, कन्यापोखरीसम्म सडक सञ्जाल पु¥याउन एमालेको योगदान ५ नं. वडा निर्वाचन परिचालन संयोजक राम आम्बुहाङले स्मरण गराए । ५ नं. वडामा नेकपा एमालेको नेतृत्वमा यहाँका जनताले सुविधा पाएकाले अवका वाँकी योजनाहरु पुरा गर्न र थप विकासका लागि एमाले भन्दा अरु दलको विकल्प नभएको स्थानीय दिपेस मगरले बताए ।
एमाले उम्मेदवार टिकाराम लिम्बु र समानुपातिक उम्मेदवार मौसम राईसहित आज ५ नं. क्षेत्रमा जनताको घर दैलोमा पुगेर उनीहरुको समस्या सुन्ने काम गरेका छन् । उनीहरुको समास्या र गुनासोहरु टिपोट गरेर निर्वाचन पछि समाधान गर्ने उम्मेदवार लिम्बूले प्रतिवद्धतासमेत जनाएका छन् । सडक, विद्य्त र सञ्चार, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत कुरा आफु विजयी भए पछि सुनिश्चिता गर्ने नेता टिकाराम लिम्बूले बताए ।
धरान–४ र ५ धरानको विकट क्षेत्र भएकाले आफु प्रदेशमा हुदा प्राथमिकतामा राखेर विकासका कार्यक्रमहरु ल्याएको कोशी प्रदेशका संस्थापक सभामुख भण्डारीले बताए ।
अव यि क्षेत्रलाई एमाले नेतृत्वले थप पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि पहल कदमी हुने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती