नेभिगेशन
राजनिती

सुनसरी-१ मा नेमकिपाले सार्वजनिक गर्‍यो प्रतिबद्धता, पत्रकार महेश श्रेष्ठको उम्मेदवारी

सुनसरी । २४ बुँदे स्थानीय एजेन्डामा केन्द्रित रहेर सुनसरी-१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

सुनसरी निर्वाचन क्षेत्र नं. १ मा २०४८ सालपछि दोस्रो पटक र गणतन्त्र प्राप्ति पहिलो पटक नेमकिपाले उम्मेदवारी दिएको हो ।

अग्रज पत्रकार, सामाजिक अभियन्ता, वैदेशिक रोजगारविद महेश श्रेष्ठले फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको बताए । उनले मंगलबार पत्रकार भेटघाटमा निर्वाचन घोषणापत्र र उम्मेदवारको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

सुनसरी-१ को वराहक्षेत्रदेखि रामधुनी, धरानसम्मलाई एकीकृत गरेर विश्वसम्पदामा सूचीकृत गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सुनसरीका विभिन्न जाति र समुदायका परम्परा युनेस्को इन्टेन्जिबल कल्चर हेरिटेज (आईसीएच)  सूचीमा प्रस्ताव गर्न सकिने सम्भावना प्रस्तुत गरेका छन् ।

उम्मेदवार श्रेष्ठले सुनसरीको अमूर्त संस्कृति सम्पदा बहुजातीय पहिचानको संगम रहेको बताउँदै किराती, मधेसी, थारू, मुस्लिम, आदिवासी जनजाति, खसआर्य र नेवार समुदायलगयतका चाडपर्व, नृत्य, गीत, भाषा, संस्कार र परम्परागत ज्ञान-सीपलाई अमूर्त सम्पदामा सूचीकृत गर्ने अवधारणा अघि सारेका छन् ।

प्रतिबद्धतापत्रमा उम्मेदवार श्रेष्ठले सुनसरी क्षेत्र नं. १ लाई आत्मनिर्भर, समावेशी र समृद्ध बनाउने स्पष्ट, दृढ र सार्वजनिक प्रतिबद्धता रहेको बताए ।

प्रतिबद्धतापत्रमा अस्पताल स्वास्थ्य सेवा र स्वास्थ्य बीमा, बीपी प्रतिष्ठानको सुधार, शैक्षिक सुधार, सडक, राजमार्ग र पूर्वाधार, मठमन्दिर, धार्मिक तथा अन्य पर्यटन, यातायात र सार्वजनिक सेवा, बेरोजगारी, सीप विकास र रोजगार, मजदुर, किसान र उद्यमी मजदुर, सहकारी-लघुवित्त पीडित, महिला दलित, आदिवासी, जनजाति, अल्पसंख्यक महिला, जेष्ठ नागरिक अपाङ्ग असक्त ज्येष्ठ नागरिक, सुकुम्बासी, आवास, बेरोजगारी समस्या निराकरण, बेरोजगारी समस्या न्यूनीकरण, खानेपानी, वन सिमसार, जैविक विविधता, पर्यटन, वन्यजन्तु र मानव द्वन्द्व, विद्युत हाइटेन्सन लाइन, आन्दोलन क्षति र जेन्जी आन्दोलन, असहाय सडक मानव र उद्धार, खेलकुद र युवा शक्ति, व्यापार उद्योग र रोजगारी, पत्रकारिताका क्षेत्रका एजेण्डा उठाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती