नेभिगेशन
राजनिती

उज्यालो नेपाल पार्टीका सुनसरी उमेदवार जेनटल लावती (डमर) ले पत्रकार संग आमसभा प्रश्नको छलफल गरे

धरान। शनिबार धरान १५ स्थिति होटल सोरिया गेष्ट हाउसमा पत्रकारहरु संग आफ्नो विकासको एजेन्डा बारे कुरा गर्दै ।

उज्यालो नेपाल पार्टीका उमेदवार जेन्टल लावती ले पत्रकार संग गरे आमासभा छलफल विकास योजना खानेपानी ,सुकुम्बासी बस्ति र सुनसरी क्षेत्र १ को विकास बारे पत्रकारहरुले राखेको प्रश्नको जफाव दिदै धरानको खानेपानी दिगो बिकास तमर र लेउति नै उपयुुक्त भएकाले पानी संगै अन्य बिकासका योजना जोडिने बताए । लावतिले बाटो उचित बिकास नहुदा पेट्रोलियम पर्दामा कति खर्च हुने गर्छ त्यो समेत उज्यालो पार्टीले नियाले को बताउदै। उने यो फागुन २१ मा जितेर सांसद सम्म पुग्दा सुनसरी क्षेत्रका ५ बर्ष भित्र शिक्षा,स्वास्थ र खानेपानी र भुमिहिन र काम नहुने भएका सडक निर्माण रोका भएको घरजग्गा फुकुवा गर्न प्रतिबद्धता जनाएका छन्।


खानेपानी र सुकुम्बासी समस्या समाधान मेरो पहिलो प्राथमिकता : उम्मेदवार जेन्टल लावतीको भनाई

उज्यालो नेपाल पार्टीका उमेदवार  सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार जेन्टल लावतीले यस क्षेत्रको समग्र विकास र वर्षौंदेखिका थाँती रहेका समस्या समाधानका लागि आफ्नो स्पष्ट र यथार्थपरक योजना रहने बताए। 

शनिबार आयोजित धरान १५ सोरिया गेष्टहाउसको सभाहलमा  पत्रकार सम्मेलन तथा आमसभा छलफल कार्यक्रममा बोल्दै नेता लावतीले सुनसरी-१ को विकास, खानेपानी समस्या र सुकुम्बासी बस्तीको व्यवस्थापनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको घोषणा गरेका छन।

पत्रकार सम्मेलनमा लावतीले राखेका प्रमुख योजनाहरूबारे  बोल्दै

दिगो खानेपानी योजना: धरान र धरान आसपासका क्षेत्रमा लामो समयदेखि जटिल बन्दै गएको खानेपानी अभावलाई आफूले प्राविधिक र दिगो रूपमा समाधान गर्ने लावतीले प्रतिबद्धता जनाए। "खानेपानी जनताको आधारभूत आवश्यकता हो। यसलाई चुनावी नारा मात्र नबनाई वैज्ञानिक योजनाका साथ हरेक नागरिकको घर-घरमा शुद्ध पानी पुर्‍याउने मेरो पहिलो लक्ष्य रहेको उनले भने बताए ।

सुकुम्बासी समस्याको स्थायी समाधान सुनसरी क्षेत्र नं १ मा रहेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई सम्बोधन गर्दै उनले वास्तविक भूमिहीनको पहिचान गर्ने बताए। भूमिसम्बन्धी कानुनको दायरामा रहेर वास्तविक सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने र सुरक्षित आवासको सुनिश्चितता गर्ने  उनको योजना रहेको बताएका छन्। कोशी प्रदेश खारिज सडक बाट सम्भावना नभएकाले सम्बन्धि निकायका पुगेर  त्यसबारे छलफल गर्ने लावतिले बताए ।

सुनसरी क्षेत्र १ को समग्र विकास सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा लावतीले यस क्षेत्रलाई शिक्षा, स्वास्थ्य र पर्यटनको नमुना केन्द्र (हब) बनाउने आफ्नो भिजन रहेकाले पत्रकारहरुले स्वतन्त्र रुपमा कुनै पार्टीको मात्रै नभएर सुनसरी क्षेत्रबाट उढेका २६ जना उमेदवारहरुक‍ो एजेन्डालाई आम जन्ता सामु  पुराउने काम गर्नु असल पत्रकारीता भएको भन्दै  कतै एउटै पार्टीको मात्रै प्रचारप्रसार गरेको देखिँदा  दुखलागे बताउदै सबैको चुनावी माहोल बुझेर मात्रै सत्य र तथ्य समाचार  बनाउन पनि अनुरोध गरे ।
उनले युवा रोजगार, सडक पूर्वाधार र स्वास्थ्य चौकीहरूको स्तरोन्नति आफ्नो प्राथमिकतामा रहेको बताए ।

परम्परागत राजनीतिक शैली र आश्वासनबाट मात्र वाक्क भएका जनताले यसपटक 'उज्यालो नेपाल पार्टी' लाई वैकल्पिक र सक्षम शक्तिको रूपमा चुन्ने विश्वास लावतीले बताए ।

नयाँ पार्टीले नयाँ योजना र नयाँ तरिकाले आफ्ना विकास योजनाहरू बनाउने  उज्यालो नेपाल पार्टीका एजेन्डा हावादारी नभई पूर्ण रूपमा कार्यान्वयन गर्न सकिने खालका रहेको दाबी गर्दै सञ्चारकर्मीहरूमार्फत आम मतदातालाई सहयोगका लागि अपील गरेका छन्।

कार्यक्रममा पार्टीका अन्य नेता केन्द्रीय सदस्य खगेन्द्र  माखेनको  कार्यकर्ता र स्थानीय सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

लावती र अन्य अतिथिहरूले जनताका सवालहरूमा गम्भीरतापूर्वक छलफल गरे धरानमा यहि फागुन ११ गते पार्टीका अध्यक्ष कुलमान घिसिङ जन्ता सामु विकासको एजेन्डा बारे छलफल  गर्ने आउने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती