नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

सुनसरी–१ मा नेकपा एमालेको वृहत मोटरसाइकल र्याली

धरान, फागुन १८ — चुनाव प्रचारको अन्तिम दिन सोमबार नेकपा एमाले सुनसरी–१ ले सूर्य ध्वजावाहक उम्मेदवार टिकाराम लिम्बू को पक्षमा वृहत मोटरसाइकल र्याली निकालेको छ।


निर्वाचन परिचालन कमिटीकी संयोजक मञ्जु भण्डारी को अगुवाइमा सुनसरी–१ का २७ वटै वडामा र्याली निकालिएको जनाइएको छ। बराहक्षेत्र र रामधुनी क्षेत्रमा छुट्टै र्याली आयोजना गरिएको थियो।


धरानको र्याली नयाँ बसपार्क (धरान–८) बाट सुरु भई लांघाली चोक, शहिद मार्ग, महादेव चोक, स्कुलडाँडा, माथिल्लो पानबारी, तल्लो देउराली, बीच देउराली हुँदै बगरकोट, सदन स्कुल, बुढासुब्बा चोक, देवकोटा चोक, बरगाछी, धनकुटे रोड, बुद्धचोक, क्याम्प गेट, रेल्वे चोक, कल्याणचोक, रंगशाला, जिरोपोइन्ट, फुस्रे, सूर्यमार्ग, अमरहाट, कृषि बजार, पुरानो बजार हुँदै माछा भौडीमा पुगेर समापन गरिएको मोटरसाइकल र्याली व्यवस्थापन समितिका संयोजक भीमज्वाला राई ले जानकारी दिए।


र्यालीमा स्थानीयवासीको उत्साहजनक सहभागिता र स्वागत देखिएको आयोजकको दाबी छ। संयोजक भण्डारीका अनुसार मोटरसाइकल र्यालीमा देखिएको सहभागिताले उम्मेदवार लिम्बूको पक्षमा सकारात्मक माहौल बनेको छ।
उनले सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले आफ्नो मत सुरक्षित गर्न सबै पार्टीपंक्ति चनाखो भएर लाग्न आग्रह गरिन्।

र्यालीको समापन प्रचार संयोजकसमेत रहेका भीमज्वाला राईले गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति