नेभिगेशन
राजनिती

सुनसरी–१ मा आज बिहान १० बजेदेखि मतगणना सुरु हुने

धरान । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. १ को मतगणना आज बिहान १० बजेदेखि सुरु हुने भएको छ।


हिजो सम्पन्न निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। मतदान सकिएपछि सबै मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका धरान–८ सभागृह स्थित मतगणना स्थलमा ल्याएर राति करिब ११ बजेसम्म सुरक्षित रूपमा राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


निर्वाचन आयोग का अनुसार सुनसरी जिल्लामा कुल ५ लाख ८० हजार ९४५ मतदाता रहेका छन्। तीमध्ये करिब ३ लाख ६९ हजार ६ सय मत खसेको छ, जुन करिब ६३ दशमलव ६ प्रतिशत मतदान हो।
त्यस्तै, सुनसरी क्षेत्र नं. १ मा जम्मा १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेकामा हिजोको मतदानमा करिब ८७ हजार ८ सय ६५ मत खसेको आयोगले जनाएको छ।


मतदानपछि प्रतिक्रिया दिँदै सुनसरीवासी मतदाताहरूले आफूहरूले राम्रो र योग्य उम्मेदवारलाई अगाडि बढाउने उद्देश्यले मतदान गरेको बताएका छन्।


निर्वाचन आयोगका अनुसार धरान क्षेत्रमा अनुमान गरेअनुसारको मत परिणाम आउनेबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाइएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहान १० बजेदेखि धरान–८ स्थित मतगणना स्थलमा मतगणना सुरु हुने र प्रारम्भिक परिणाम केही घण्टामै सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिती