विषय प्रवेश
सिद्धान्त (Theory) र विचारधारा (Ideology) समाज, राजनीति र जीवन बुझ्ने अभिन्न पाटा हुन।सिद्धान्त प्रमाणित नियम/ आधारभूत सत्य हो भने विचारधारा त्यसैमा आधारित समाज परिवर्तन गर्ने वा चलाउने विश्वासको प्रणाली हो ।
विचारधारा
कुनै व्यक्ति,समूह/राजनीतिक संगठनले समाज,राजनीति,अर्थतन्त्र आदि विषयमा सोच,दृष्टिकोण र विश्वासलाई राख्छ ,भने जसलाई विचारधारा भनिन्छ।उदाहरण:समाजवाद,लोकतन्त्र,पूँजीवाद यसले समाज कस्तो हुनुपर्छ ? भन्ने दिशामा सोच दिन्छ।
सिद्धान्त
कुनै विषयमा प्रमाण,नियम,स्थिर मान्यतामा आधारित मूल धारणा/ नियमलाई सिद्धान्त भनिन्छ।उदाहरण:समानताको सिद्धान्त,न्यायको सिद्धान्त।
विज्ञानका सिद्धान्तहरू:
यसले “काम कसरी गर्ने ?” वा “कुन आधारमा चल्ने ?भन्ने कुरा स्पष्ट गर्छ।छोटकरीमा:विचारधारा = सोच र दृष्टिकोण,सिद्धान्त = नियम र आधार । राजनीतिमा कुनै दलको विचारधाराले उसको लक्ष्य देखाउँछ भने सिद्धान्तले त्यसलाई कार्यान्वयन गर्ने आधार दिन्छ। पूँजीवाद (Capitalism) शब्दको प्रयोगसबैभन्दा पहिले फ्रान्सेली समाजवादी विचारक Louis Blanc ले १९औँ शताब्दीमा गरेको मानिन्छ ।

पुँजीवाद शब्दको पहिलो प्रयोग
पुँजीवाद (Capitalism) शब्दको प्रयोग सबैभन्दा पहिले फ्रान्सेली समाजवादी विचारक Louis Blanc ले १९ औँ शताब्दीमा गरेको मानिन्छ।उहाँले capitalisme / पुँजीवाद भन्ने शब्द प्रयोग गरेर पुँजी,उत्पादनका साधन केही व्यक्तिको हातमा केन्द्रित हुने आर्थिक प्रणालीलाई जनाउनु भएको थियो । त्यसपछि जर्मन दार्शनिक Karl Marx ले पनि पुँजीवादी व्यवस्थाको विस्तृत विश्लेषण गरेपछि 'पुँजीवाद' शब्द विश्वभर बढी चर्चित बनेको हो ।
पुँजीवाद र समाजवाद
नेपालका कम्युनिष्ट पार्टीहरुमा विचारधारा र सिद्दान्तलाई स्वखलित गरेर तिनका नेता कार्यकर्ताले व्यवहरिक प्रयोग नगर्दा आज सङ्कटमा पर्दै गएको छ । अहिले पनि विचारधारा, सिद्दान्त विहीनता र व्यवहारिक कार्यान्वयनको प्रश्नमा स्पष्ट छैनन् । विचारधारा र सिद्दान्तको कुरा गर्यो भने विरोध गर्छन् । तर विश्व पुँजीवाद पनि एउटा सिद्दान्तले निर्देशित हुन्छ भन्ने कुरालाई बुझ्न जरुरी छ । पूँजीवाद (Capitalism) को सिद्धान्तको विकास मुख्य रूपमा Adam Smith लाई जान्छ । तर पुँजीवादले कहिले पनि Adam Smith को विरोध गरेको सुनेको छैन ।
पछिलो पटक पुँजीवादको तेस्रो चरण नवउद्दारवाद: मान्यताका नेबेल पुरुस्कार प्राप्त फ्रेडरिक भन ह्ययकको कुराले विश्व चल्दैन भनेर कही कहिले भन्दैन । समाजवादको विषयमा चर्चा गर्दा मार्क्सवाद आउँछ । तर कम्युनिष्टहरु पनि अब मार्क्सवादको कुराले समाज नचल्ने भन्दै घुमाइलो विरोध गर्छन् । पुँजीवाद र समाजवाद दुई फरक आर्थिक तथा राजनीतिक विचारधारा हुन् ।
पुँजीवाद र समाजवादमा भिन्नता:
सरल भाषामा पुँजीवादमा व्यक्तिलाई व्यापार गर्न र नाफा कमाउन स्वतन्त्रता हुन्छ । समाजवादमा सबै नागरिकलाई बराबरी सुविधा र अवसर दिन राज्यले अर्थतन्त्रमा ठूलो भूमिका खेल्छ ।
विज्ञान र प्रविधि
स्टीफन हकिङ महान वैज्ञानिकले भनेका थिए कि पृथ्वीको अन्त्यका थुप्रै कारण मध्य एउटा कारण Artificial Intelligence कृत्रिम बुद्धिमत्ता हुनेछ ।
आर्टिफिसियल इन्टेलिजेन्स (AI) कृत्रिम बुद्धिमत्ता :
कम्प्युटर तथा मेसिनलाई मानिस जस्तै सोच्ने, सिक्ने,बुझ्ने र निर्णय लिन सक्ने बनाउने प्रविधि हो । सरल भाषामा भन्नुपर्दा, मेसिनलाई 'बुद्धिमान' बनाउने प्रणालीलाई AI भनिन्छ। अब मानवले रोज्ने बिषय मान्छे नै बुद्धिमत्ता भइरहने कि कृत्रिम बुद्धिमत्ता रोज्ने ? अर्थात् मानिस आफैले आफ्नो चिहान हतार हतार खन्ने कि नखन्ने ? जे होस AI को विकास पनि एक प्रकारले पुँजीवादमै आधारित छ । अर्को तर्फ यो समाजवाद/मार्क्सवादमा पनि आधारित छ । यद्यपि पुँजीवाद र समाजवाद दुई फरक आर्थिक तथा राजनीतिक विचारधारा हुन् ।
निष्कर्ष
पुँजीवादले व्यक्तिगत स्वतन्त्रता, आर्थिक प्रतिस्पर्धालाई महत्व दिन्छ भने समाजवादले समानता, सामाजिक न्यायलाई प्राथमिकता दिन्छ । धेरै देशहरूले अहिले यी दुवै प्रणालीका केही राम्रा विशेषता मिसाएर मिश्रित अर्थतन्त्र पनि अपनाएका छन् । नेपालको कम्युनिष्ट पार्टीहरुले पनि मिश्रित अर्थतन्त्र प्रयोग गरेका हुन । तर सफल हुन सकेन ।
अन्त्यमा, अब भन्नुहोस राजनीति दृष्टिकोणमा तपाईं मार्क्सवाद- समाजवाद कि आडम स्मिथ (Adam smith) = पुँजीवाद ? यसैको आधारमा नाम मात्रको कि साँच्चैका कम्युनिष्ट पार्टी हुन वा होइनन् भन्ने विषयको निर्क्योल गर्न सकिन्छ । के साँच्चै कम्युनिष्ट पार्टीहरु, कम्युनिष्टहरु अब नेपालमा पनि समाप्त भएर जाँदै गएकै हुन त ?