नेभिगेशन
समाचार

धरानमा सुकुम्बासीको राँके जुलुश

धरान । नेपाल बसोबास बस्ती संरक्षण समाजको नेतृत्वमा धरानमा सुकुम्बासी हकहितमा वकालत गर्दै आएका सङ्घसंस्थाले राँके जुलुश निकालेका छन् । 

बस्ती रक्षा आन्दोलन परिचालन समिति- संयुक्तको अगुवाइमा छाताचोकबाट बुधबार साँझ जुलुश निकाल्ने बित्तिकै प्रहरीले धरपकड गरी मसाल निभाउने प्रयास गरेको छ । 

साँझ साढे ६ बजे धरानको छाताचोकमा भेला भएका सुकुम्बासी नागरिक मसाल बोकेर छाताचोकबाट भानुचोकतर्फ प्रदर्शनमा उत्रिएका छन् । 

सुकुम्बासीलाई सरकारले डोजर आतंक फैलाउँदै उठिबास लगाएकाले सरकारको रवैयाविरुद्ध विरोध जुलुश प्रदर्शन गरिएको सुकुम्बासी अगुवाहरूले बताएका छन् । 

डोजर आतंक बन्द हुनुपर्ने, उठिबास गराइएका सुकुम्बासीहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने दुई सूत्रीय मागसहित समाजको नेतृत्वमा आम सुकुम्बासी र धरानबासीको सहभागितामा मशालसहितको विरोध जुलुश आयोजना गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार