नेभिगेशन
Dashain Banner
Dashain Banner
राजनीति

महेन्द्र मोरङमा स्ववियु निर्वाचन गर्न नदिने नेविसंघ कोइराला पक्षको चेतावनी

आइतबार पत्रकार सम्मेलन गर्दै नेविसंघ कोइराला समूहले ५ चैतमा निर्वाचन हुन नदिने चेतावनी दिएको हो ।

नेपाल विद्यार्थी संघको डा. शेखर कोइराला पक्षले निर्धारित मितिमा महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचन गर्न नदिने चेतावनी दिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै नेविसंघ कोइराला समूहले ५ चैतमा निर्वाचन हुन नदिने चेतावनी दिएको हो ।

कोइराला पक्षका सभापति उम्मेदवार योगराज दाहालले निर्वाचनको वातावरण नबनेको बताए । नेविसंघबाट प्रज्वल विष्ट र योगराज दाहालले उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचन समितिले विष्टलाई आधिकारिता दिएको थियो । दाहाल स्वतन्त्र उम्मेदवार छन् । उनले जवरजस्ती निर्वाचन गर्न खोजे आत्मदाह गर्ने चेतावनी दिए ।

नले आफ्नो वरिपरि प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरेको र पार्टीको संस्थापन पक्षका गुण्डाहरुले धम्की दिइरहेको बताए । ‘उहाँहरुले हामीलाई हेपेर होस वा दबाबमा होस् यसो गर्न खोजिरहनु भएको छ,’ उनले भने,‘ हामी जे पनि गर्न तयार छौं, भोलि क्याम्पस जल्नसक्छ, हामी जल्न सक्छौं, उहाँहरुको घर जल्छ सक्छ ।’

‘निर्वाचन भनेको स्वतन्त्र निष्पक्ष हुनुपर्छ, जबसम्म स्ववियु निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा हुने वातावरण हुँदैन, तबसम्म निर्वाचन हुनसक्दैन ।’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति