नेभिगेशन
Dashain Banner
Dashain Banner
शिक्षा

धरान डिपो स्कुलमा खुला व्यायामशाला निर्माण

सुनसरी : धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा खुला व्यायामशाला निर्माण सम्पन्न भई उद्घाटन गरिएको छ।
वडा कार्यालयको विशेष सहयोगमा निर्माण सम्पन्न गरिएको सो व्यायामशालाको आज शुक्रबार वडा अध्यक्ष नरेन्द्रकुमार राई ‘प्रविण’ र डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अमरबहादुर लिम्बूले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका छ्न !

धरान उपमहानगरभित्र विद्यालयमा निर्माण गरिएको खुला व्यायामशाला विद्यालय प्रमुख राईका अनुसार करिब साढे सात लाख रुपैयाँ लागतमा व्यायामशालाको निर्माण सम्पन्न भएको हो। सोमध्ये पाँच लाख रुपैयाँ वडा कार्यालयबाट प्राप्त सहयोग हो भने बाँकी रकम विद्यालयले आफ्नै स्रोत र सहयोगबाट जुटाएको राईले बयाए ।
कार्यक्रमका सभाध्यक्ष लिम्बूले विद्यार्थीको मानसिक सँगै शारीरिक विकासका लागि खुला व्यायामशाला निर्माण गरिएको बताए। “शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले उत्तिकै महत्व दिएको छ । उनले भने,
वडाध्यक्ष राईका अनुसार खुला व्यायामशाला निर्माणको थालनी पहिलोपटक धरान–१८ बाट भएको थियो। हालसम्म धरानका सात वडामा खुला व्यायामशाला निर्माण भइसकेका छन्, जसमा डिपो स्कुल पनि समावेश छ।
वडाध्यक्ष राईले आफूले अध्ययन गरेको पुरानो विद्यालयमा व्यायामशाला स्थापना गर्न पाउँदा खुसी लागेको बताए। पूर्व ब्रिटिस गोर्खा सैनिकका छोरा रहेका राई डिपोका पूर्व विद्यार्थी समेत हुन्। उनी डिपो पूर्व विद्यार्थी संगठनका अध्यक्षसमेत रहेका छन्।

डिपो स्कुल सन् १९६३ मा तत्कालीन ब्रिटिस घोपा क्याम्प (हालको बीपी प्रतिष्ठान क्षेत्र) मा स्थापित गरिएको हो। ब्रिटिस गोर्खा सैनिकका छोराछोरीले गुणस्तरीय शिक्षा पाउन सकून् भन्ने उद्देश्यले स्थापना भएको यो विद्यालय करिब साढे तेह्र विघा क्षेत्रफलमा फैलिएको छ। डिपो स्कुल ब्रिटिस गोर्खा सैनिकहरूले सञ्चालन गरेको गुठी संस्थाका रूपमा परिचालित छ।
उद्घाटन कार्यक्रममा डिपो स्कुल गुठी अध्यक्ष भीमराज लिम्बू, व्यवस्थापन समिति सदस्यहरू हर्कराज राई, खड्क लिम्बू, सूर्यपन्धाक लिम्बू, इन्द्ररानी लिम्बू लगायतको उपस्थिति थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा