नेभिगेशन
Dashain Banner
Dashain Banner
शिक्षा

प्राइम भिजन इन्टरनेश्नल कलेज धरानका दुई विद्यार्थी स्टुडेन्ट एम्बेसेडर अवार्डबाट पुरस्कृत

धरान । एलसीसीआई ग्लोबल क्वालिफिकेसन्स (एलसीसीआई जीक्यू) र क्वालिफिकेसन्स स्कटल्यान्ड (क्यूएस) ले संयुक्त रूपमा प्रदान गर्ने स्टुडेन्ट एम्बेसेडर अवार्ड २०२६ बाट प्राइमभिजन कलेजका दुई विद्यार्थी पुरस्कृत भएका छन् ।

अवार्ड प्राप्त गर्नेहरूमा कोशिस राई र महिमा राई छन् । उत्कृष्ट शैक्षिक प्रदर्शन, नेतृत्व क्षमता, प्रतिबद्धता र अरूलाई प्रेरित गर्न सक्ने क्षमता भएका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्ड प्रदान गरिँदै आएको छ ।

अवार्डका विजेताले ट्रफी, प्रमाणपत्र, नगद पुरस्कार र विशेष उपहार प्राप्त गरेका छन् । उनीहरूलाई एआईटीएम कलेजमा एक लाख रुपैयाँ बराबरको छात्रवृत्तिसमेत प्रदान गरिएको छ ।

1000284871-1792056097.jpg
धरानस्थित पीभीआईएचएम कलेजमा आयोजित विशेष समारोहमा कलेजका अध्यक्ष अनिल श्रेष्ठ र निर्देशक दुर्गा सुवेदीले विजेता विद्यार्थी कोशिस राई र महिमा राईलाई पुरस्कार हस्तान्तरण गरे ।

पाँच विजेतामध्ये धरानको प्राइम भिजन इन्टरनेश्नल हस्पिटालिटी म्यानेजमेन्ट (पीभीआईएचएम) कलेजका दुई विद्यार्थी छनोट भएका हुन् । त्यस्तै, काठमाडौंस्थित स्फियर इन्स्टिच्युट अफ टेक्नोलोजीका स्मृति तामाङ र बिक्की गुरुङ तथा ललितपुरको हस्पिटालिटी वर्ल्ड क्याम्पसका संगम भट्टराई पनि अवार्डका विजेता बनेका छन् ।

पुरस्कार वितरण समारोहसँगै कलेजले विद्यार्थी, प्राध्यापक र कर्मचारीको सहभागितामा चाडपर्व उत्सवसमेत मनाएको कलेज प्रशासनले जनाएको छ ।

1000284842-1792056152.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा