नेभिगेशन
समाज

सौगात बर्देवा जन्मोत्सवमा बाढीपीडित ९ परिवारलाई खाद्यान्न सहयोग

धरान, २ असार — होप धरान सामाजिक संस्थाका सल्लाहकार तथा हाल युके निवासी संगिता बर्देवाको छोरा सौगात बर्देवा जन्मोत्सवको अवसरमा धरान–४ का बाढीपीडित ९ घरपरिवारलाई राहतस्वरूप खाद्यान्न सहयोग प्रदान गरिएको छ।


रु २२,५०० बराबरको उक्त खाद्यान्न सामग्री होप धरानको समन्वयमा, धरानका नगरप्रमुख हर्क साम्पाङको प्रमुख आतिथ्यमा, धरानको नारायणपथस्थित श्रमदान स्थलमै आयोजित सानो कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले विदेशमा रहेर पनि सामाजिक उत्तरदायित्वमा संलग्न सौगात बर्देवा र उहाँको परिवारको कार्यलाई प्रेरणादायी भन्दै प्रशंसा गरे। होप धरानका प्रतिनिधिहरूले पनि बर्देवा परिवारलाई धन्यवाद दिँदै भविष्यमा यस्तै सहकार्य जारी रहने अपेक्षा व्यक्त गरे।
बाढीबाट प्रभावित पीडित परिवारहरूलाई राहत दिन सहयोग पुगेको भन्दै स्थानीयवासीहरूले आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्