नेभिगेशन
खेलकुद

धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुँदै

धरान:  धरान धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ !
उपमहानगरपालिकाको संयोजन र धरान सिटी फुटबल क्लबको आयोजनामा मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता २०८२ यहि असार ६ गतेदेखि १४ गतेसम्म धरान–१६ स्थित धरान रंगशालामा हुने भएको आज पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो  ।
धरानमा पहिलोपटक आयोजना हुन लागेको महिला क्लबस्तरीय फुटबल प्रतियोगिताले स्थानीय महिला खेलाडीहरूलाई हौसला प्रदान गर्नुका साथै नयाँ प्रतिभा उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। प्रतियोगितामा धरानका आठ वटा प्रतिष्ठित महिला फुटबल क्लबहरूको सहभागिता रहनेछ।
धरान सिटी फुटबल क्लबका अध्यक्ष प्रेम घिमिरेका अनुसार, यो प्रतियोगिता महिला फुटबलको विकास, विस्तार, व्यवसायीकरण तथा संस्थागत प्रवर्द्धनतर्फको महत्वपूर्ण कदम हुनेछ।
साथै यसले महिला फुटबललाई स्थानीय तहमै व्यावसायिक स्वरूप दिन मद्दत पुग्ने बिस्वास गरिएको उनको भनाई छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजार दोस्रो हुनेलाई रु.२५ हजार  , उत्कृष्ट खेलाडीलाई रु.५ हजार र  प्रत्येक खेलको ‘म्यान अफ द म्याच’, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उदयमान खेलाडी लगायतका विभिन्न विधामा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद