नेभिगेशन
Tihar Banner
Tihar Banner
खेलकुद

धरानमा डेली डोज क्याफेले गेमिङ च्याम्पियनसिप गर्ने, रजिस्ट्रेसन खुल्ला

धरान । युवाको गेमिङ प्रतिभा उजागर गर्ने उद्देश्यले धरानमा ‘डेली डोज गेमिङ च्याम्पियनसिप २०८३’ आयोजना हुने भएको छ ।

धरान–३ सदन रोडस्थित डेली डोज क्याफेले मङ्सिर २० गते आयोजना गर्ने प्रतियोगितामा फ्री फायर, मोबाइल लेजेन्ड्स र ई–फुटबलका खेल आयोजना गर्ने सञ्चालक रणजित राईले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि आवेदन (रजिस्ट्रेसन) खुला गरिएको आयोजकले जनाएको छ । 

फ्री फायर प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी (एमभीपी) लाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 

मोबाइल लेजेन्ड्स प्रतियोगितामा पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार र उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, ई–फुटबल प्रतियोगितामा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र सर्वाधिक गोल गर्ने खेलाडीले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उद्देश्य युवाको गेमिङ प्रतिभा र क्षमता उजागर गर्नु, स्वस्थ तथा निष्पक्ष प्रतिस्पर्धाको वातावरण निर्माण गर्नु र गेमिङ समुदायलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ ।

युवाबीच मित्रता, सहकार्य र आपसी सद्भाव बढाउँदै धरानमा गेमिङ तथा ई–स्पोर्ट्स संस्कृतिको विकास र प्रवर्द्धन गर्ने लक्ष्यसमेत प्रतियोगिताले लिएको क्याफेका सञ्चालक राईले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद