नेभिगेशन
Dashain Banner
Dashain Banner
खेलकुद

विश्वकप छनोटका दुई खेलका लागि मेसी राष्ट्रिय टोली बाहिर

३७ वर्षीय मेसी एटलान्टा युनाइटेडविरुद्धको मेजर लिग सकरको खेलमा टोलीमा फर्किएका थिए।

अमेरिकी क्लब मायमीका फरवार्ड लिओनल मेसीलाई अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बाहिर राखिएको छ। मेसी फिफा विश्वकप २०२६ अन्तर्गत आगामी दुई खेलका लागि टोली बाहिर रहेका हुन्।

३७ वर्षीय मेसी एटलान्टा युनाइटेडविरुद्धको मेजर लिग सकरको खेलमा टोलीमा फर्किएका थिए। मायमीले जित निकालेको खेलमा उनी सुरुवाती लाइनअपमा थिए। तर आइतबारको खेलमा उनलाई चोट लागेको बताइएको छ।

मायमीले आठ पटकको बालोन डी'ओर विजेता मेसीको तिघ्राको मांसपेशीमा चोट लागेको पुष्टि गरेको छ।

अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गत अहिले दुई खेल खेल्दैछ। अर्जेन्टिनाले उरुग्वेसँग घरेलु मैदानमा खेलेपछि ब्राजिलमा अर्को खेलखेल्ने जानेछ। यी खेल जिते अर्जेन्टिनाले अर्को वर्ष अमेरिकामा हुने विश्वकपमा स्थान पक्का गर्न सक्छ। 

१० टोली सहभागी दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना शीर्ष स्थानमा छ। १२ खेलबाट २५ अंक जोडेको अर्जेन्टिना छनोट नजिक छ। उरुग्वे २० अंकसहित दोस्रो स्थानमा छ। ब्राजिल भने १८ अंक जोडेर पाँचौ स्थानमा छन्। 

छनोटमा अब ६ चरणका खेल बाँकी छन्। शीर्ष ६ टोली २०२६ को विश्वकपको लागि स्वत: रूपमा छनोट हुन्छन्। जबकि सातौं स्थानमा रहेको टोली प्ले-अफमा पुग्नेछ।


१२ राउन्डको खेलसम्म मेसी ६ गोलका साथ छनोटका सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। मेसीको १९१ अन्तर्राष्ट्रिय खेलमा उनको कुल गोल संख्या ११२ छ।

अर्जेन्टिना मेसीसहित पाउलो डिबाला र गोन्जालो मोन्टिएल बिना नै हुनेछ। उनीहरुलाई पनि चोटले सताएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद