नेभिगेशन
खेलकुद

फल्कन फुटबल क्लबको प्रस्तुति—धरानमा 6A-side फुटसल प्रतियोगिता हुँदै

धरान, फल्कन फुटबल क्लबको प्रस्तुति र हाम्रो फुटसलको आयोजनामा एक विशेष 6A-side फुटसल प्रतियोगिता यही भाद्र १९ र २० गते हुने भएको छ। प्रतियोगिता धरान–८ स्थित हाम्रो फुटसल मैदानमा आयोजना गरिनेछ।
प्रतियोगितामा केवल १ टीम मा १ जना ए डिभिजन प्लेयर र अरु सबै नर्मल प्लेयर हुनु पर्ने छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई बेस्ट कीपर, बेस्ट प्लेयर र हाई स्कोरर को उपाधिसहित सम्मान गरिनेछ।
प्रतियोगिताका विजेताले नगद रु ८०,००० प्राप्त गर्ने छन् भने उपविजेताले रु ४०,००० नगद पुरस्कार प्राप्त गर्नेछन्। सहभागी टिमका लागि एण्ट्री शुल्क रु ४,५०० निर्धारण गरिएको छ।
प्रतियोगितासम्बन्धी थप जानकारी तथा सहभागिताका लागि निम्न सम्पर्कमा सम्पर्क गर्न सकिनेछ:
• दिप्सो राई – ९८१०४९३६६७
• निराजन राई- ९८०४४११११२
फुटबलप्रेमी दर्शक र खेलाडीहरूलाई यो प्रतियोगिता एउटा रोमाञ्चक अवसर बन्नेछ भन्ने आयोजकहरूको विश्वास छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद