नेभिगेशन
Dashain Banner
Dashain Banner
कला/मनोरञ्जन

धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२ : १८ प्रतिभा फाइनलमा प्रवेश

धरान, ८ भाद्र – धरानमा जारी “धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२” (सिजन–२) को सेमिफाइनल चरण शनिबार सम्पन्न भएको छ। सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा पहिलो चरण पार गरेका ३८ प्रतिस्पर्धीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने १८ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्।
फाइनलमा स्थान बनाउन सफल हुनेमा मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा र लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशि भुजेल छन्।
त्यसैगरी, बिजयपुर सेकेन्डरी स्कुलका बिबेक बिशुन्खे र मेलिसा बराईली, जेम सेकेन्डरी स्कुलकी जेनिसा राई र प्राप्ति बिक, सहिद स्मृति मा.वि.का बिशोक तामाङ, जेनिथ इङ्लिस बोर्डिङ स्कुलका इस्मान गजमेर, सुनाखरी एकेडेमीका अर्मोन श्रेष्ठ, शिक्षा सन्देश सेकेन्डरी बोर्डिङ स्कुलका अभिषेक रसाईली, किरातेश्वर मा.वि.की समिक्षा बिक, पब्लिक मा.वि. (फुस्रे) का ह्यापिसन लिम्बु, बिष्णु मेमोरियल मा.विकी सुमेधा घिमिरे, डिपोट सेकेन्डरी स्कुलकी नायुमा राई र प्रज्ञा राई पनि अन्तिम प्रतिस्पर्धामा पुगेका छन्।
प्रतियोगिताको मुल्यांकन गायक प्राशान्त शर्मा र संगीत प्रशिक्षक बिनायक राईले गरेका थिए। कार्यक्रममा आयोजक याडिकल लाइट नेपाल प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले गायन क्षेत्रमा लाग्ने विद्यार्थीलाई अवसर प्रदान गर्दै उनीहरूको क्षमता उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
कार्यक्रममा गत वर्षका विजेता निम्तेन्जी तामाङ र फस्ट रनरअप एल्बिन श्रेष्ठले अतिथि प्रस्तुति दिएका थिए।
आगामी भाद्र तेस्रो साताभित्र हुने फाइनलमा उत्कृष्ट प्रतिभाले रु.२५,०००, फर्स्ट रनरअपले रु.१५,०००, सेकेन्ड रनरअपले रु.७,००० र थर्ड रनरअपले रु.३,००० नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
कार्यक्रमको संचालन आहाना प्रधानले गरेकी थिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/मनोरञ्जन