नेभिगेशन
कला/मनोरञ्जन

बादल अभिनित 'एकोहोरो माया' सार्वजनिक

 धरान । युवा पुस्ताको एकोहोरो प्रेम, आकर्षण र विछोडको कथा बुनेर साङ्गीतिक पर्दामा उतारिएको पूर्वी नेपालका नवनायक बादल श्रेष्ठ अभिनित म्युजिक भिडिओ शुक्रबार सार्वजनिक भएको छ । 

म्युजिक भिडिओमा बादलको 'अपोजिट' दिव्या लावती छिन् विद्यालयमा शिक्षक शिक्षिकाको भूमिकामा देखिएका यी पात्रबीच आकर्षण हुन्छ । म्युजिक भिडिओमा 'बादल' को अव्यक्त प्रेम, मौन प्रशंसा र दिव्याप्रतिको आकर्षणलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । आकर्षणकै बीच कथा अघि बढ्छ र, अन्ततः कथाले अर्कै मोड लिन पुग्छ । एकतर्फी प्रेम कथामा बुनिएको गीतलाई म्युजिक भिडिओमा आकर्षक तरिकाले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । 

गीतमा हेमराज साम्पाङ राईको स्वर तथा शब्द छ भने संगीत संयोजन प्रदीप लोहोरुङ राईले गरेका छन् । मिक्स तथा मास्टरिङ राजु कार्कीले गरेका छन् । रेकर्डिस्ट मनोज सांगसुङ राई हुन्। गीत किङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडिओको कथा, पटकथा तथा निर्देशन प्रमोद कार्कीले गरेका छन् । छायांकन तथा सम्पादन शेखर देव घिमिरेले गरेका हुन् भने पोस्टर डिजाइन नोभिस आर्ट्स र मेकअप अशोक मण्डलले गरेका छन्। भिडियो निर्माण ड्रिम्स क्रिएसन प्रोडक्सनले गरेको छ ।

म्युजिक भिडिओ युट्युब च्यानल 'खाँदबारीम्युजिकइन्टर्टेन्मेन्ट' बाट सार्वजनिक गरिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप कला/मनोरञ्जन

'लालीबजार' हेर्नुभयो ?