नेभिगेशन
समाज

स्मिता तामाङ सुनसरी जिल्लाकी उत्कृष्ट विद्यार्थी घोषित

धरान, १० भदौ – धरानस्थित सिटी कलेजकी छात्रा स्मिता तामाङ त्रिभुवन विश्वविद्यालयको बीबीएस चौथो वर्षको वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउँदै सुनसरी जिल्ला कै शीर्ष स्थानमा उत्रिएकी छन्।


तामाङले ८३.८ प्रतिशत अंक हासिल गरेकी हुन्। कलेजका अनुसार हालसम्म जिल्लाका अन्य कलेजहरूले यस भन्दा माथि अंक ल्याएको पुष्टि नभएकाले उनी सुनसरीकै उत्कृष्ट मानिएको छ।
उक्त परीक्षामा सिटी कलेजबाट ६३ विद्यार्थी सहभागी भएका मध्ये ४१ जना उत्तीर्ण भएका छन्। यस वर्ष चौथो वर्षमा कलेजको नतिजा ६६ प्रतिशत रह्यो।
स्मिताको सफलता


समय व्यवस्थापन, निरन्तर मेहनत, समयमै तयारी र आमाको प्रेरणा नै आफ्नो सफलताको मूल आधार भएको स्मिताले बताइन्। उनले थपिन्, “घर परिवारको सहयोग र कलेजको मार्गदर्शनले मलाई आत्मविश्वासी बनायो।”
अन्य उत्कृष्ट विद्यार्थी
स्मितासँगै इशा वर्नवालले ८०.४ प्रतिशत र मार्टिन बराइलीले ७५.८ प्रतिशत अंक ल्याउँदै बिशिष्ट श्रेणीमा स्थान सुरक्षित गरेका छन्।
• रोजगारीसँगै अध्ययनलाई सन्तुलन गर्दै सफलता पाएकी वर्नवालले कलेजको सहयोगले आत्मविश्वास बढाएको बताइन्।


• बराइलीले भने निरन्तर अध्ययनमा फोकस गर्ने र परीक्षाको बेला अझ गम्भीर भएर तयारी गर्ने बानीले सफलता दिलाएको बताए।
सिटी कलेजको परम्परा
यसअघि पनि सिटी कलेजका विद्यार्थीहरू जिल्लामै होइन, क्षेत्रीय स्तरमै उत्कृष्ट नतिजा ल्याउँदै आएका छन्। महेश अग्रवाल दुईपटक पूर्वाञ्चल प्रथम भएका थिए भने प्रेरणा पराजुली पनि पूर्वाञ्चल प्रथम भएकी थिइन्। हाल अग्रवाल सोही कलेजमा अध्यापन गरिरहेका छन् भने पराजुली अष्ट्रेलियामा कार्यरत छिन्।
सम्मान कार्यक्रम
उत्कृष्ट विद्यार्थीहरूलाई क्याम्पस प्रमुख खड्ग विक्रम सिंह कार्की, उप–प्राध्यापक विशाल श्रेष्ठ र प्राध्यापक लोक श्रेष्ठलगायतले खदा र अबिर लगाएर सम्मान गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

चुनावको छायाँमा धरानको होली फिका

मंगलबार, फागुन १९, २०८२