नेभिगेशन
Dashain Banner
Dashain Banner
कला/मनोरञ्जन

धरानमा सम्पन्न “जुनियर मिस्टर एण्ड मिस धरान आइडल” : अजय राउट र प्रसंसा लिम्बु विजयी

धरान, भदौ १४ – धरान–६ पानवारीका ५ वर्षीय अङ्कित खड्काको उपचार सहयोगार्थ होप धरानले आयोजना गरेको जुनियर मिस्टर एण्ड मिस धरान आइडल–सिजन १ को उपाधि अजय राउट र प्रसंसा लिम्बुले हात पारेका छन्।


धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा हलमा शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा उनीहरू उत्कृष्ट घोषित भएका हुन्। विजेताले नगद २५ हजार, प्रमाणपत्र, ट्रफी तथा अन्य आकर्षक उपहार प्राप्त गरे।
छात्रा तर्फ वाङ्छ्या राई दोस्रो र जस्मिन राई तेस्रो स्थानमा परे भने छात्रतर्फ नेमार तामाङ दोस्रो र रोमन खड्की तेस्रो भए। उनीहरूले क्रमशः १५ हजार र १० हजार नगद सहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्राप्त गरे।


कार्यक्रममा मिस्टर नेपाल २०२४ का उपविजेता आदेश प्रधान प्रमुख निर्णायक थिए भने मिस ग्याम नेपाल २०१८ की शान्ति पाख्रिन, मिस टुरिजम नेपाल २०२४ की रविना बराईली, सामाजिक अभियन्ता सोनिया गुप्ता चौधरी र मिस ट्यालेन्ट अर्गनाइज चोइस विजेता रिया विश्वकर्मा निर्णायक मण्डलमा रहेका थिए।
ग्राण्ड फिनालेमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) प्रमुख अतिथि रहेका थिए। प्रतियोगितामा छात्रतर्फ १० जना र छात्रातर्फ २० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।


यस्तै, मिस्टर एण्ड मिस धरान S.E.E. 2025 – सिजन २ का उपविजेता अन्जली शाह, रङ्छिङ तामाङ र स्यामरिन बास्तोलाले कार्यक्रमको सह–सञ्चालन गरेका थिए।
यसअघि असार १५ गते धरान–९ पुतली लाइनस्थित हाङ्कुक साराङ कोरियन रेस्टुरेन्ट एण्ड बारमा पहिलो अडिसन, असार २१ र २९ गते धरान–७ बुध्दमार्गस्थित होप धरान हलमा दोस्रो अडिसन र ग्राण्ड अडिसन तथा साउन २७ गते सिधि नेवा परिसरमा ट्यालेन्ट शो सम्पन्न भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/मनोरञ्जन