नेभिगेशन
खेलकुद

धरानमा पहिलो संस्करणको फाल्कन फुटसल टुर्नामेन्ट २०८२ भोलिदेखि

धरान, भदौ — पहिलो संस्करणको फाल्कन फुटसल नकआउट टुर्नामेन्ट–२०८२ भोलिबाट सुरु हुने भएको छ। खेल तालिका सार्वजनिक भइसकेको र खेलहरू तोकिएकै समयमा हुने आयोजक फाल्कन एफसी ले जनाएको छ।
फाल्कन क्लबका संस्थापक अध्यक्ष निराजन राईका अनुसार यसपालि ३४ टोली सहभागी भएका छन्। सहभागी टोलीमध्ये स्थानीयसहित पाहुना टोलीहरू पनि छन्।
टुर्नामेन्ट दुई पोल ‘ए’ र ‘बी’ मा विभाजन गरिएको छ।
• पोल ‘ए’ मा बिराट सिटी, राइजिङ क्लब धरान, मित्री खिचडी, खरणी एफसी, हम्रो फुटसल, ब्रदर्स कलेक्सन केरावरी, राय टोल एफसी, एमएफसी तरहरा, विजयपुर एफसी, स्पोर्ट्स एरिना, धरान युवा क्लब, वाईओडी, टुकी समाज यूथ क्लब, डीसी हाउस एण्ड द बेसमेन्ट, यर्शा एफसी बी, फाल्कन एफसी बी र एनएफसी छन्।
• पोल ‘बी’ मा ५:१५, फुटसल ५ धरान, ट्रायो टीम, एसडीएफसी, यर्शा एफसी ए, ड्रीम हाई स्टुडियो, न्यू एसपी एफसी इटहरी, फाल्कन एफसी ए, जिरिखिम्टि एफसी, ज्योति एफसी, एमएफसी धरान, भोटेपुल युवा क्लब, सिटी फुटसल धरान, आत्मारञ्जन एफसी, दाजु भाई एफसी, आरिङ्गल एफसी र येति एफसी रहेका छन्।
प्रतियोगिता भोलि र पर्सी गरी दुई दिनसम्म सञ्चालन हुनेछ। विजेता टोलीले आकर्षक ट्रफी तथा पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद