नेभिगेशन
खेलकुद

प्रथम याक्सुङ युवा खुल्ला फुटसल प्रतियोगिता–२०८२ हुने

धरान, भदौ २० ।
याक्सुङ युवा मञ्च सुनसरीले जिल्लास्तरीय प्रथम याक्सुङ युवा खुल्ला फुटसल प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ २६ गतेदेखि २७ गतेसम्म धरानस्थित याक्सुङ युवा मञ्च सुनसरी जिल्ला अध्यक्ष विष्णु तिलुङको अध्यक्षतामा हुने फाइनल खेलमार्फत सम्पन्न हुने आयोजकले जनाएको छ ।
पुरस्कार राशी :
विजेता टिमले नगद रु. ५०,००० सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. २५,००० सहित मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च स्कोररलाई समेत ट्रफि प्रदान गरिनेछ ।
प्रवेश शुल्क :
प्रतियोगितामा सहभागी हुन प्रवेश शुल्क रु. ३,५०० तोकिएको छ ।
आयोजक तथा सम्पर्क :
याक्सुङ युवा मञ्च सुनसरीको आयोजनामा हुन लागेको प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि प्रमोद आइडुबाङ (९८०७३४११२८), विणोद लिम्बु (९८२६६५६४२९) लगायतका व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद