नेभिगेशन
समाज

धरान–१५ मा आधुनिक पाँच तारे स्तरको “होटल मेरिकेन प्रा. लि.” सञ्चालनमा

धरान, धरान–१५ मा अब आधुनिक सुविधा सम्पन्न पाँच तारे स्तरको सेवा प्रदान गर्ने “होटल मेरिकेन प्रा. लि.” औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय पर्यटन प्रवर्द्धन, आतिथ्य सेवाको स्तर वृद्धि र आन्तरिक तथा बाह्य पाहुनालाई उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यसहित करिब चार वर्षको अवधिमा निर्माण सम्पन्न गरी होटल संचालनमा ल्याइएको हो।
होटल मेरिकेनमा १९ वटा सुसज्जित तथा सुविधा सम्पन्न कोठाहरू रहेका छन्, जसमा Jacuzzi सहितका आधुनिक बाथरुम सुविधा उपलब्ध छन्। पाहुनाको स्वास्थ्य र आरामलाई ध्यानमा राख्दै होटल परिसरभित्र Sauna, Spa र Gym का अत्याधुनिक सेवा पनि समावेश गरिएको छ।
कोठाहरूको मूल्य श्रेणी रु. ८,००० देखि रु. २३,००० सम्म तोकिएको छ, जसअनुसार पाहुनाले आफ्ना आवश्यकता र रोजाइअनुसार विभिन्न स्तरका सुविधा छनोट गर्न सक्नेछन्।
होटलभित्र रहेको “Ignite Restaurant” ले अन्तर्राष्ट्रिय स्वाद र स्थानीय परिकारहरूको आकर्षक संयोजन प्रस्तुत गर्नेछ भने,  Sky Bar “11.11” ले धरानको मनोरम दृश्यसँगै पाहुनालाई अद्वितीय र अविस्मरणीय अनुभव दिलाउने लक्ष्य राखेको छ।
यसका साथै होटलमा आकर्षक स्विमिङ पुल, आधुनिक Banquet Hall, उच्चस्तरीय बार तथा मनोरञ्जनका विविध विकल्पहरू पनि उपलब्ध छन्।
होटल मेरिकेनका सञ्चालक केन्द्र लिम्बुका अनुसार, “यो होटलले धरानको आतिथ्य र पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनेछ। यसले स्थानीय रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र धरानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्यमा सहयोग पुर्‍याउने विश्वास लिएका छौं।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज