नेभिगेशन
Dashain Banner
Dashain Banner
समाज

मिथिला अञ्चलसहित विभिन्न ठाउँमा छठपर्वको सम्पन्नता

धरान, कात्तिक ११– मिथिला अञ्चलसहित देशका विभिन्न स्थानमा विशेष श्रद्धा र भक्तिभावका साथ मनाइने छठपर्व आज विहान अस्ताउँदो र उदाउँदो सूर्यको पूजा–अर्चना गर्दै सम्पन्न भएको छ।


कात्तिक शुक्ल चतुर्दशीदेखि प्रारम्भ भएको यो पर्व नेपालको तराई क्षेत्रका साथै अन्य भागमा समेत खोलाको किनार, नदीघाट र तलाउमा विशेष सजावटसहित सूर्यदेवको आराधना गरी मनाइने गरिन्छ। धरानमा समेत सेउती र सर्दु खोलाको किनारमा भक्तजनहरूले घाट निर्माण गरी छठी मइयाँ र सूर्यदेवको पूजाअर्चना गरेका छन्।


छठपर्वले समाजमा एकता, सद्भाव, प्रेम र भाइचारा प्रवर्द्धन गर्ने मान्यता रहँदै आएको छ। धरानमा मधेसी समुदायसँगै अन्य जात–समुदायका श्रद्धालुहरूले पनि मैत्रीपूर्ण वातावरणमा सहभागी भई छठपर्व मनाएका छन्।
बर्तालुहरूले चतुर्दशीदेखि माछामासु, लसुन, प्याज, कोदो लगायतका अन्नपदार्थ नखाई चोखो नितो बस्दै व्रत आरम्भ गरेका थिए। हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा गरिएको छ भने आज विहान उदाउँदो सूर्यलाई जल अर्पण गरी परिवार, समाज र राष्ट्रको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै छठपर्व सम्पन्न गरिएको हो।


छठपर्वले श्रद्धा, आस्था र आत्मशुद्धिको प्रतीकका रूपमा नेपाली समाजमा गहिरो सांस्कृतिक महत्व स्थापित गरेको देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज