नेभिगेशन
Dashain Banner
Dashain Banner
कला/मनोरञ्जन

धरानमा ‘मिसेस धरान आइकन–२’ र ‘मिस धरान सुपर आइकन–१’

ट्यालेन्ट शो चम्कियो – २७ प्रतिभाले देखाए कला, क्षमताको उत्सव

एल.एन.सि मोडेल एजेन्सी प्रा.लि.को आयोजना तथा होटेल रत्न इन, बगैँचा चोक, धरान–९ को आतिथ्यमा ‘मिसेस धरान आइकन सिजन–२’ र ‘मिस धरान सुपर आइकन सिजन–१’ को बहुप्रतिक्षित ट्यालेन्ट शो भव्यरूपमा सम्पन्न भएको छ।
कार्यक्रममा २७ जना प्रतिस्पर्धीले गायन, नृत्यदेखि वत्तृत्वकलासम्मका प्रस्तुतीमार्फत आफूभित्र रहेको विविध प्रतिभा निर्णायक तथा दर्शकहरू समक्ष आकर्षक ढंगले प्रस्तुत गरे। मिसेस श्रेणीमा विवाहित, डिभोर्स तथा एकल महिलाको सहभागिता रहेको छ भने मिस श्रेणीमा अविवाहित युवा महिलाहरुले सहभागिता जनाएका थिए।
प्रमुख अतिथिको मन्तव्यले उत्साह थपियो
कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षकले प्रतिभा र आत्मविश्वास अभिवृद्धिमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्दै आयोजकलाई धन्यवाद व्यक्त गरे।
आयोजक तर्फबाट समापन घोषणा
एल.एन.सि मोडेल एजेन्सीका सि.ई.ओ दिपक गिरिले शुभकामनासहित कार्यक्रम समापन गरेका थिए।
सञ्चालन दीपा गिलालले गरेकी थिइन्।
निर्णायक मण्डल आकर्षक
कार्यक्रममा निर्णायकको भूमिकामा—
• लायोन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी का एरिया चिफ एकता श्रेष्ठ
• राष्टिय गायक राजु थापा
• मिस सुनसरी S.E.E. 2023 की अर्गनाइज च्वाइस विजेता रिया विश्वकर्मा
• कलाकार संगिता प्रधान
• नित्य कोरियोग्राफर सानुराजा थेगिम
रहेका थिए।
पहिलो भोटिङ स्टार घोषणा
पहिलो चरणको भोटिङतर्फ—
• मिस श्रेणी : नमुना लवती
• मिसेस श्रेणी : निलिमा ट्र्यामोड
विजेता घोषित भए।
ग्राण्ड फिनाले नजिकिँदै
प्रतियोगिताको ग्राण्ड फिनाले आगामी मंसिर १३ गते, धरान–१८ स्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसेरा हलमा हुने जनाएको छ।
फिनालेमा विभिन्न टाइटल तथा अवार्डसहित प्रतिस्पर्धीहरूको अन्तिम प्रस्तुति हुँदै विजेता चयन गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/मनोरञ्जन