नेभिगेशन
Dashain Banner
Dashain Banner
समाज

कोशी एक्सिलेन्स अवार्ड २०२६ : तीन नयाँ विधासहित फागुन ७ मा इटहरीमा हुने

धरान : कोशी प्रदेशको प्रतिष्ठित ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा भव्य रूपमा आयोजना हुने भएको छ। फाउन्डेशनका अध्यक्ष पवन अधिकारीका अनुसार अवार्ड सिजन २ का लागि तयारी तीव्र गतिमा अगाडि बढेको छ।
यस वर्ष अवार्डमा अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट गरी तीन नवीन विधा थप गरिएको छ। अध्यक्ष अधिकारीका अनुसार अवार्डलाई समयानुकूल, प्रभावशाली र अझै व्यवस्थित बनाउन संरचना, विधा विस्तार, निर्णायक छनोट प्रक्रिया तथा समग्र व्यवस्थापनमा सुधार गरिएको छ।
गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, टेक्नोलोजी, स्टार्टअप र इन्स्योरेन्ससहित दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो। तीमध्ये शिक्षा क्षेत्रमा प्रा.डा. टङ्क न्यौपाने, स्वास्थ्यमा ज्ञानेन्द्रमान सिंह कार्की, साहित्यमा झमककुमारी घिमिरे, बैंकिङमा ज्ञानेन्द्र ढुङ्गाना, पर्यटनमा भविष श्रेष्ठ, कर्पोरेट क्षेत्रबाट महेश जाजु, आइटीबाट राजन लम्साल, स्टार्टअपबाट आयुष भगत, कृषि उद्यमबाट शान्ता बास्कोटा, सामाजिक अभियन्ताबाट गीता गौतम, खेलकुदबाट दिलीप राई तथा पत्रकारिताबाट विष्णु निस्ठुरी अवार्डबाट सम्मानित भएका थिए।
त्यस्तै विशिष्ट योगदानकर्तातर्फ पूर्व गर्भनर महाप्रसाद अधिकारी, नेपालकी पहिलो महिला मुख्यसचिव लीला गडतौला, टाइम्स पब्लिकेशनका सिइओ पुरुषोत्तम दाहाल, मजदुर नेता भीम

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज