नेभिगेशन
खेलकुद

धरान–१५ मा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

धरान, म‌ंसिर — नोलाे पथ ब्याडमिन्टन क्लब, धरान–१५, सुनसरीले धरान नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता B–Level (Double) र Under 13 (Single) गरी दुई विधामा सञ्चालित हुने क्लबले जनाएको छ।
प्रतियोगिता २०८२ मंसिर १८ देखि २० गतेसम्म नोलाे पथ ब्याडमिन्टन क्लबकै हल, धरान–१५ मा हुने छ। विजेताहरूलाई आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र सहित राखिएको पुरस्कार राशिले प्रतियोगिता झनै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
पुरस्कार राशी
B–Level (Double)
• प्रथम : रु. २०,०००
• द्वितीय : रु. १०,०००
• तृतीय (२ टिम) : रु. ५,०००
Under 13 (Single – Boys)
• प्रथम : रु. ५,०००
• द्वितीय : रु. ३,०००
• तृतीय (२ जना) : रु. १,५००
Under 13 (Single – Girls)
• प्रथम : रु. ५,०००
• द्वितीय : रु. ३,०००
• तृतीय (२ जना) : रु. १,५००
दर्ता शुल्क
• B–Level : रु. ५०० प्रति व्यक्ति
• Under 13 : रु. ३०० प्रति व्यक्ति
टिम दर्ताको अन्तिम मिति मंसिर १७ गते साँझ ५ बजे तोकिएको छ। टाइम–टेवल सार्वजनिक मंसिर १८ गते बिहान ९ बजे गरिने छ।
नियम तथा सर्तहरू
प्रतियोगिता BWF र NBA का नियमअनुसार सञ्चालन हुनेछ। Yonex Mavis 350 Shuttle Cork प्रयोग गरिने छ। खेलाडीले आफ्नो जिम्मेवारीमा स्वास्थ्य सुरक्षा तथा आवश्यक तयारी गर्नुपर्नेछ। असभ्य व्यवहार, झगडा वा अप्रीतिकर गतिविधिमा संलग्न खेलाडीलाई कडा कारवाही (यलो, रेड र ब्ल्याक कार्ड प्रणाली) लागू गरिनेछ।
यस प्रतियोगिताले धरानका प्रतिभावान खेलाडीलाई आफ्नो क्षमताको प्रदर्शन गर्न प्रेरणा दिने तथा स्थानीय खेल विकासमा टेवा पुर्‍याउने आयोजकहरूको विश्वास रहेकाे छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद