नेभिगेशन
खेलकुद

लियो इन्टरस्कुल रनको चौथो संस्करण मङ्सिर २० गते शनिबार हुने

लियो क्लब अफ धरान विजयपुरले यस वर्ष पनि धरान र आसपासका विद्यालयका विद्यार्थीहरूलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा प्रोत्साहित गर्ने उद्देश्यसहित ‘लियो सप्ताह (Dec 1–7)’ मनाउने भएको छ। सोही अवसरमा आयोजना हुँदै आएको लियो इन्टरस्कुल रन को चौथो संस्करण मङ्सिर २० गते शनिबार हुने क्लबले जनाएको छ।


क्लबका अनुसार गत वर्ष प्रतियोगितामा करिब ५० विद्यालयका ८०० विद्यार्थी सहभागी भएका थिए। यस वर्ष पनि कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहनेछ। कक्षा १० सम्मका छात्र–छात्रा तथा कक्षा ११–१२ का छात्र–छात्रा गरी चारवटा समूहमा प्रतिस्पर्धा हुनेछ।


विजेता तथा उप–विजेताले नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
• पहिलो हुनेलाई ८ हजार रुपैयाँ,
• दोस्रो हुनेलाई ५ हजार रुपैयाँ,
• तेस्रो हुनेलाई ३ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ।


प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक सबै व्यवस्थापन पूरा भइसकेको क्लबले जनाएको छ। कार्यक्रमलाई नेपाल लाइफ इन्स्योरेन्स र को–स्पोन्सर एक्स्प्रेस एजुकेसन एन्ड इमिग्रेसनले सहयोग गर्नेछन्।
लियो क्लब अफ धरान विजयपुरका अध्यक्ष लियो वर्ष गुरुङ ले प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, स्वास्थ्य जागरण र नेतृत्व विकासमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। साथै, वार्षिक कार्यक्रमलाई सफल बनाउन चिनियाँ र नेपाली सञ्चारकर्मीहरूको निरन्तर सहयोग आवश्यक पर्ने बताएका छन्।


क्लबले यस वर्ष पनि कार्यक्रम सफल र भव्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सकारात्मक समाचार प्रसारणका लागि सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद