नेभिगेशन
खेलकुद

पहिलो सुनाखरी एकेडेमी कप : पुलिस स्कुल फाइनलमा, ज्वालामुखीको साहसिक प्रतिरक्षा व्यर्थ

धरान, १५ मङ्सिर — धरान–१७ स्थित एन्फा एकेडेमीको मैदानमा सोमबार भएको रोमाञ्चक सेमिफाइनलमा नेपाल पुलिस स्कुलले ज्वालामुखी माध्यमिक विद्यालयलाई रोमाञ्चक टाइब्रेकरमा ४–३ ले हराउँदै पहिलो सुनाखरी एकेडेमी कप–२०८२ को फाइनल यात्रा पूरा गरेको छ।
निर्धारित ९० मिनेटभर दुवै टोलीले गोलको खोजीमा आक्रमक खेल प्रस्तुत गरे पनि जाली चलाउन असफल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। खेलका धेरै क्षणमा पुलिस स्कुलले खेलको नियन्त्रण लिएर निरन्तर प्रहार गरे पनि ज्वालामुखीको ‘सॉलिड’ डिफेन्सले बारम्बार रोकेर दर्शकलाई रोमाञ्चित बनाएको थियो।
टाइब्रेकरमा पुगेपछि पुलिस स्कुलका खेलाडीहरूले शान्त र संयमित रहँदै अन्तिम प्रहारमा सफलता पाए। उत्कृष्ट प्रदर्शनको मान्यता स्वरूप पुलिस स्कुलका जर्सी नं. ६ समिन आलम ‘म्यान अफ द म्याच’ घोषित भए।
यसअघि आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनाखरी रेड विजयी भएको थियो। अब बुधबार हुने महत्त्वपूर्ण फाइनलमा सुनाखरी रेड र नेपाल पुलिस स्कुल बीच उपाधि भिडन्त हुने छ, जसले प्रतियोगिताको पहिलो च्याम्पियनको टोपि कसले लगाउने भन्ने सुनिश्चित गर्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद