नेभिगेशन
Dashain Banner
Dashain Banner
खेलकुद

सुनाखरी रेड टिमलाई विद्यालयमै विशेष सम्मान, स्कुलेनै मनायो उत्सव

धरान, १९ मङ्सिर — “हाम्रो टिम, हाम्रो गौरव” भन्ने भावनासहित सुनाखरी एकेडेमी, धरान–१२ चतरालाईनमा शुक्रबार बिहानैबाट उत्सवमय वातावरण सिर्जना भयो। प्रथम सुनाखरी कप–२०८२ को उपाधि जितेर फर्किएको सुनाखरी रेड टिमलाई विद्यालयले भव्य सम्मान गर्दै विजयी क्षणलाई संस्थागत गौरवको रूपमा मनायो।


एकेडेमीका निर्देशक प्रदीप राई, प्रिन्सिपल मिलन कुमार राई, र प्लस–टु संयोजक तप कुमार राईले विजेता खेलाडीहरूलाई अबिर, खदा र तालीले स्वागत गर्दै सम्मान प्रदान गरे।


प्रिन्सिपल राईका अनुसार, “विजयी खेलाडीहरूको मेहनत मात्र होइन, यो टिम–वर्क, अनुशासन र दृढ संकल्पको जित हो। उनीहरूले देखाएको प्रदर्शनले आगामी पुस्तालाई थप प्रेरित बनाउनेछ।”


प्रतियोगिता मङ्सिर ७ गतेदेखि सुरु भई मङ्सिर १७ गते एन्फा एकेडेमीको मैदानमा सम्पन्न भएको थियो। रोमाञ्चक फाइनलमा सुनाखरी रेडले नेपाल पुलिस स्कुललाई टाईब्रेकरमा ३–२ ले हराउँदै इतिहास रचेको थियो।
यसमै सीमित नभई विद्यालयले सोही अवधिमा सम्पन्न सुनाखरी २.५ किलोमिटर रनिङ प्रतियोगिताका सिनियर र जुनियर दुबै समूहका विजेता विद्यार्थीहरूलाई नगद सहित पुरस्कृत गर्दै प्रतिभाको सम्मानलाई निरन्तरता दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद