नेभिगेशन
कला/मनोरञ्जन

डि.एल.आर.एस. ट्यालेन्ट हन्ट सम्पन्न

धरान, २७ मंसिर — धरान–१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल (DLRS) द्वारा आयोजना गरिएको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ शनिबार विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।
नृत्य तथा गायन विधामा सञ्चालन गरिएको उक्त प्रतियोगिताको फाइनल चरण शनिबार सम्पन्न भएको हो। प्रतियोगितामा सिनियर र जुनियर गरी दुई समूहका विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
मेलोडी (गायन) सिनियरतर्फ
कक्षा ६ की नुमा लिम्बु प्रथम, कक्षा ८ का याङछाहाङ राई द्वितीय तथा कक्षा ९ का सन्जोग लिम्बुखिम तृतीय स्थान हासिल गर्न सफल भए।
मेलोडी जुनियरतर्फ
कक्षा ३ की विप्लन घिमिरे प्रथम, कक्षा ४ की साइवोङ लिम्बु द्वितीय तथा कक्षा २ का सेजल राई तृतीय भएका थिए।
त्यसैगरी मोसन (नृत्य) सिनियरतर्फ
कक्षा ८ का याङक्षा राई प्रथम, कक्षा ७ की अदिति प्रधान द्वितीय तथा कक्षा ७ की सिसिलुङ्मा लिम्बु तृतीय भएका थिए।
मोसन जुनियरतर्फ
कक्षा २ की लिलिमहाङमा सुव्वा प्रथम, कक्षा ४ की शुभश्री निरौला द्वितीय तथा कक्षा ३ की जयरा पोर्तेल तृतीय स्थानमा रहे।
प्रतियोगितालाई निष्पक्ष बनाउन विद्यालय बाहिरका निर्णायकहरूलाई आमन्त्रण गरिएको विद्यालयका प्रिन्सिपल तेजमान लिम्बुले जानकारी दिनुभयो। उहाँका अनुसार सिनियर समूहमा कक्षा ६ देखि १० सम्म र जुनियर समूहमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू सहभागी भएका थिए।
पुरस्कारतर्फ दुवै समूहका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूले क्रमशः नगद २ हजार ५ सय, १ हजार ५ सय र १ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका थिए।
विद्यालयका निर्देशक दुर्गा सुवेदीले प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूको कला–संस्कृतिको जगेर्ना, आत्मविश्वास अभिवृद्धि तथा लुकेका प्रतिभा उजागर गर्नु रहेको बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथि धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले विजेता प्रतिभाहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/मनोरञ्जन