नेभिगेशन
समाज

विजयपुर अस्पताल र हिविस्कस स्कुलबीच स्वास्थ्य सहकार्य

धरान, २९ मंसिर — धरान–१० मा अवस्थित विजयपुर अस्पताल र धरान–१५ स्थित हिविस्कस इङ्लिस बोर्डिङ स्कुलबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार हिविस्कस स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा सञ्चालकहरूले विजयपुर अस्पतालमा उपचार गर्दा २० प्रतिशतसम्मको छुट पाउनेछन्। यस सहकार्यले विद्यालय परिवारलाई सहज, गुणस्तरीय र किफायती स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने अपेक्षा गरिएको छ।
विजयपुर अस्पतालका अध्यक्ष पंकज खतिवडाले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै शिक्षा क्षेत्रसँग सहकार्य गरिएको बताउँदै सम्झौतामार्फत विद्यालय परिवारलाई उपचारमा विशेष सहुलियत प्रदान गरिने जानकारी दिनुभयो।
उता, हिविस्कस इङ्लिस बोर्डिङ स्कुलका निर्देशक गंगाराम राईले उक्त सहकार्यले विद्यार्थी र अभिभावकलाई स्वास्थ्य सुरक्षामा थप भरोसा र राहत प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयले यसअघि नै सम्पूर्ण विद्यार्थीहरूको बीमा व्यवस्था गर्दै आएको उल्लेख गर्दै, स्वास्थ्य संस्थासँगको यो सहकार्यले विद्यालयलाई अझ सामाजिक रूपमा जिम्मेवार बनाउने उहाँको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज