नेभिगेशन
कला/मनोरञ्जन

हिविस्कसका विद्यार्थी हाजिरी जवाफमा प्रथम, विद्यालयद्वारा सम्मान

धरान, २ पुष — पूवाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरूको संस्था एशोसिएसन अफ कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट्स तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ स्टुडेन्ट्स को आयोजनामा सम्पन्न टिच फेस्टिबल अन्तर्गतको हाजिरी जवाफ प्रतियोगितामा हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ प्रथम हुन सफल भएको छ।
धरान क्षेत्रका ८ वटा विद्यालयलाई पछि पार्दै हिविस्कस स्कुलले उपाधि हात पारेको हो। प्रतियोगितामा प्रथम बनेसँगै हिविस्कस स्कुलले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यसैगरी सिदार्थ शिशुसदन स्कुलले दोस्रो स्थान हासिल गरेको छ। प्रतियोगितामा नगद पुरस्कारको व्यवस्था केवल विजेता टिमका लागि गरिएको कार्यक्रम संयोजक विविशा बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार केही दिनपछि औपचारिक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिनेछ।
यसैबीच, बुधबार हिविस्कस इङ्लिस बोर्डिङ स्कुलले विजेता विद्यार्थीहरूलाई विद्यालयमै बधाई तथा सम्मान गरेको छ। विद्यार्थीहरूलाई थप प्रोत्साहन र प्रेरणा दिन सम्मान कार्यक्रम आयोजना गरिएको विद्यालयका निर्देशक गंगाराम राईले बताउनुभयो।
विद्यालयले यही पुष ९ र १० गते स्कुलस्तरीय खुला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने तयारीसमेत गरिरहेको छ। हाजिरी जवाफलाई आफ्नो पहिचानका रूपमा विकास गर्दै आएको हिविस्कस स्कुलले विभिन्न प्रतियोगिताहरूमा निरन्तर सफलता हासिल गर्दै आएको विद्यालयको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्