नेभिगेशन
समाज

इनरुवामा छात्रामाथि दुर्व्यवहारको आरोप, विद्यार्थीद्वारा विद्यालय घेराउ

इनरुवा, सुनसरी — सुनसरीको इनरुवास्थित राजाजी रामजी महतोदास माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रामाथि विद्यालयकै लेखा शाखामा कार्यरत शिक्षक सुरेश मेहताले दुर्व्यवहार गरेको आरोप लागेको छ।
छात्रामाथि गलत नियतले दुर्व्यवहार गरिएको भन्दै विद्यालयका छात्रा विद्यार्थीहरूले सोमबार विद्यालय परिसरमा विरोध प्रदर्शन गर्दै आन्दोलन गरेका छन्। पीडित छात्रालाई न्याय दिनुका साथै आरोपित शिक्षकलाई तत्काल कारबाही गर्नुपर्ने माग उनीहरूको छ।
विद्यार्थीहरूको आरोप अनुसार शिक्षक मेहताले विभिन्न बहाना बनाउँदै छात्राहरूको शरीर छोने, ब्ल्याकमेल गर्ने, प्रलोभन देखाउनेजस्ता अमर्यादित व्यवहार गर्दै आएको बताएका छन्। यस्ता गतिविधिले विद्यालयभित्र असुरक्षित वातावरण सिर्जना भएको उनीहरूको भनाइ छ।
घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न विद्यार्थीहरूले विद्यालय प्रशासन तथा सम्बन्धित निकायलाई दबाब दिएका छन्।
यस विषयमा विद्यालय प्रशासनको तर्फबाट औपचारिक धारणा भने आउन बाँकी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्